काठमाडौं । नेपालमा पहिलो पटक ‘आयरन बट च्यालेन्ज’ पुरा गर्ने प्रयास गरिएको छ । उक्त च्यालेन्ज पुरा गर्न राइडरले २४ घन्टा भित्र एक हजार माइल अर्थात् १६०९ किलोमिटर मोटरसाइकल चलाउनु पर्ने हुन्छ ।
यसरी मोटरसाइकल चलाउनुलाई विश्वभरनै सबैभन्दा कठिन मध्य एक इन्ड्युरेन्स राइड मान्ने गरिन्छ । नेपालमा पहिलो पटक आयरन बट च्यालेन्जको प्रयास गरेका मोटरसाइकल कम्युनिटीमा गुफी दाइ नामले चर्चित प्रमोद श्रेष्ठ र उनका साथी स्वप्न प्रधानले सीएफ मोटोका दुई उत्पादन प्रयोग गरेका थिए ।
बाइकर्स गुफी र स्वप्न प्रधानले यस्तो कठिन यात्राको लागि सिएफमोटोका ४५० एमटी र ४५० एनके मोटरसाइकल चलाएका थिए । तर, प्रतिकुल मौसमका कारण उनीहरुले बीचमै राइड रोकेका हुन् ।
यो कठिन च्यालेन्ज पुरा नभएपनि यसले अन्तर्राष्ट्रिय मोटरसाइकलिङ समुदायमा राम्रो सन्देश गएको गुफी दाइको बुझाइ छ । उनि भन्छन्, ‘नेपाल पनि इन्ड्युरेन्स र एड्भेन्चरका मोटसाइकलिङको लागि तयार रहेको हामी विश्वलाई देखाउँन चाहन्छौं ।’
उनीहरुले यो कठिन च्यालेन्जका लागि सिएफमोटोका दुई मोटरसाइकल छानेका थिए । उनीहरुलाई सिएफमोटो नेपाल, लिक्वी मोली, पेट्रोनास, लोकोमो नेपाल जस्ता कम्पनीले सहयोग गरेका थिए ।

