काठमाडौं । ग्रेटवाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ४ लाखसम्म नगद छुट दिने स्कीम अगाडि ल्याएको छ । कम्पनीले आफ्ना हाभल ब्राण्डका एसयूभी र ग्रेटवालको पीकअपमा लागुहुनेगरी नयाँ स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले नगद छुटको अलावा निःशुल्क एक्सेसोरिज, उत्कृष्ट एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, एक वर्षको रोड ट्याक्स र स्पट भ्यालुएसन उपलब्ध गराएको उल्लेख गरेको छ ।
साथै, भीजी इम्पेक्सले जिडब्लुएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा ‘ग्रेट ड्राइभ ग्रेट डिल’ योजना अन्तर्गत विभिन्न अफर गरेको छ । कम्पनी हाभल एच६, हाभल जोलायन र पोअर पीकअप विक्री गर्दै आएको छ ।
यस योजना अन्तर्गत ग्रेटवाल तथा हाभल ब्राण्डको गाडी किन्न चाहने ग्राहकले बैशाख ३१ गतेसम्म यो स्कीम पाउने छन् । यो अफर कम्पनीको देशभर रहेका विक्री च्यानलहरु र जिडब्लुएम नेपालको नेटवर्कहरु मार्फत उपलब्ध गराएको छ ।


