काठमाडौं । यामाहाले केही दिनअघि भारतमा विक्री सुरु गरेको एमटी १५ भी टु प्रविधिमैत्री मोडलको रुपमा आएको छ । कम्पनीले नयाँ भी टु भेरियन्टमा देखिनेगरी गरेको मुख्य परिवर्तन डिजिटल फिचर र गोल्डन कलरको यूएसडी फर्क हो ।
कम्पनीले यसको पछाडि दिइएको स्वीङआर्म सस्पेन्सलाई पनि मोटोजीपीबाट प्रेरित नयाँ स्वीङआर्म दिएको छ । जसको कारण कर्नरिङ र कडा रुपमा ब्रेक लगाउन परेपनि मोटरसाइकल स्टेवल हुन्छ । डेल्टा बक्स फ्रेममा तयार भएको नयाँ एमटी १५ चालकको सुविधालाई ध्यानमा राखेर उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्न सक्ने बनाइएको छ ।
कम्पनीले यसको इन्जिनमा भने परिमार्जन गरेको छैन । कम्पनीले यसमा १५५ सीसी क्षमताको फोर स्टोक, एसओएचसी, फोर भल्भ, एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १८.४ पीएस पावर र १४.१ एनएम टर्क प्रदान गर्छ ।
यामाहाले नयाँ एमटी १५ मा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । जसमा गियर सिफ्ट, गियर पोजीसन, भीभीए इन्डिकेटर, फोन कल, इमेल, एसएमएस, फोनको ब्याट्रीको अवस्था, पार्किङ लोकेशन, सर्भिसिङको समय, इन्धन खपत रेसियो जस्ता सूचना प्रबाह गर्छ ।
नयाँ भर्सन टु एमटी १५ नेपाल आउन भने अझै केही समय लाग्ने छ ।


