काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष २०७९ को अवसर पारेर स्कीम संचालनमा ल्याएको छ । कम्पनीले ल्याएको नयाँ स्कीममा गाडी किन्ने ग्राहकले नगद छुटको साथमा अन्य सुविधा पनि पाउने भएका हुन् ।
विगतका वर्षमा जस्तै लक्ष्मी हुन्डाईले ‘नयाँ वर्षको शुरुवात हुन्डाईको साथ’ ट्यागलाइन सहित स्कीम संचालनमा ल्याएको हो । कम्पनीले मोडल अनुसार अधिकतम ४ लाखसम्म नगद छुट, ७९ हजारसम्म नयाँ वर्ष बोनस, एक्सचेन्जमा गाडी ल्याउनेलाई ७९ हजारसम्म एक्सचेन्ज बोनस र अघिल्ला वर्षहरुको मोडलमा ९९ हजारसम्म मोडल इयर डिस्काउन्ट दिने जनाएको छ ।
कुनैपनि ब्राण्डका पुराना गाडीको तत्कालै मुल्याङ्कन र एक्सचेन्ज सुविधा उपलब्ध हुने यस योजनामा गाडी किन्ने ग्राहकले ३ वर्षको वारेन्टी र ६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा पाउने छन् ।
थप जानकारीको लागि यहाँ क्लीक गर्नुहोस् ।
हुन्डाईले अहिले नेपाली बजारमा सेन्ट्रो, आई २०, भेन्यू, ग्राण्ड आई १०, क्रेटा, टुसान, शान्ताफे, कोना, आयोनीक, प्यालीसेड जस्ता मोडल विक्री वितरण गर्दै आएको छ ।

