काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा कुल १४ हजार ७७३ युनिट चार पाङ्ग्रे सवारी साधन आयात भयो । मुख्यत यी सबै गाडी प्यासेन्जर कार सेग्मेन्टमा बिक्री भएका हुन् । केही एम्बुलेन्स, केही ट्याक्सी बाहेक अन्य सबै निजी सवारीसाधनको रूपमा बिक्रीको लागि ल्याइएका हुन् ।
गत आर्थिक वर्षमा ईभीको आयात र बिक्री बजार हिस्साको आधारमा थप विस्तार भयो । पेट्रोलियम पदार्थबाट चल्ने कारहरूको बजार झनै खुम्चियो । २०८२ साल साउनदेखि २०८३ साल असार मसान्तसम्मको आयातका आधारमा पेट्रोलियम पदार्थबाट चल्ने कारको बजार निकै कमजोर भयो ।
गत आर्थिक वर्षमा केबल ३ हजार ९१० युनिट पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात र बिक्री भएको छ । जबकि विद्युतीय साधनको बिक्री निकै विस्तार भएको छ । कम्पनीले एक वर्षको अवधिमा ११ हजार ८६३ युनिट कार बिक्री गर्न सफल भएको हो ।
कुल १४ हजार ७७३ युनिट चारपाङ्ग्रे साधन बिक्री भएकोमा ईभीको हिस्सा ८०.३० प्रतिशत पुगेको हो । जबकि पेट्रोलियम पदार्थबाट चल्ने कारको बजार हिस्सा १९.७० प्रतिशत मात्रै रहेको देखिन्छ ।
ईभीको बजार हिस्सा निरन्तर बढ्दै जानु र पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्री घट्दै जानुमा उपभोक्ताले कम रकम तिरेर राम्रो गाडी पाइरहेको छु भन्ने बुझ्नु पहिलो र मुख्य कारण हो ।
नेपालमा ईभी धेरै बिक्री हुनुका मुख्य कारण के के हुन् ?
ईभीको बढ्दो लोकप्रियताको मुख्य कारण कम संचालन खर्च हो । पेट्रोलको मूल्य मँहगोबन्दै जाँदा ईभीको संचालन लागत कम पर्ने भएको कारण उपभोक्ताको रोजाइ विद्युतबाट सवारी बन्यो ।
खाडीमा चर्कोको द्धन्दले इन्धनको मूल्य आकाशिएपछि उपभोक्ताहरू झनै पेट्रोल कारतर्फ लागेका देखिन्छन् । साथै, नेपालमा जलविद्युत उत्पादन बढ्नु, घरमै चार्ज गर्न सकिने सुविधा पाउनु र देशभर निजी क्षेत्रबाट चार्जिङ पूर्वाधार विस्तार हुनुले पनि ईभीको बिक्रीलाई बढाएको छ ।
त्यसैगरी, चिनियाँ कार निर्माता र तीनले उत्पादन गरेका ब्राण्डहरू बीचको प्राइस वार पनि नेपालमा चल्यो । कम मूल्य, धेरै फिचर भएका कार तथा मोर्डन डिजाइनले ईभीमा धेरैको ध्यान खिच्यो ।
ईभीमा सरकारले लगाएको कम करको मारमा पेट्रोल कारहरू परे । उच्च इन्धन खर्च, तुलनात्मक रूपमा महँगो संचालन र ईभीको बढ्दो विकल्पका कारण उपभोक्ताको प्राथमिकता क्रमशः परिवर्तन भएको हो ।

