तीन भेरियन्टमा नेपाल आयो ‘गुड क्याट’ इलेक्ट्रीक, यस्तो छ मूल्य

काठमाडौं । ओराको इलेक्ट्रीक कार गुड क्याट नेपाल आएको छ । ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भिजी इम्पेक्सले ओराको इलेक्ट्रीक कार गुड क्याट नेपाल ल्याएको हो ।

ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भिजी इम्पेक्सले जनवरी २०२२ को जनवरी अन्तिमसम्ममा यसलाई विक्री सुरु गर्ने अनुमान गरिएको छ । कम्पनीले गुड क्याटलाई विभिन्न तीन भेरियन्टमा नेपाल ल्याएको छ ।

ओरा गुडक्याट लो भेरियन्टको मूल्य ३९ लाख ९९ हजार ९९९, ओरा गुडक्याट मिडियमको ४३ लाख ४९ हजार ९९९ र ओरा गुडक्याट हाई भेरियन्टको ४७ लाख ९९ हजार ९९९ निर्धारण गरिएको हो ।

ग्रेटवाल मोटर्सले २०२१ म्यूनिख मोटर शोमा ओरा क्याट सार्वजनिक गरेको थियो । कम्पनीले ओरा क्याटमा दुई व्याट्री अप्सन दिएको छ । यसको इन्ट्री भेरियन्टमा ४८ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री पाउन सकिन्छ भने, टप स्पेकमा ६३ किलोवाट आवरको व्याट्री रहेको छ ।

यसमा रहेको सानो व्याट्रीले एक पटकको फुल चार्जमा अधिकतम ३३६ किलोमिटर रेञ्ज प्रदान गर्छ भने ठूलो व्याट्री भएको गाडीले ४२० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । यसमा १२६ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।

दुबै मोडलमा ८० किलोवाट क्षमताको फस्ट डिसी चार्जर सपोर्ट गर्ने क्षमता रहेको छ । यसमा सिंगल फेज लाइनमा चार्ज गर्न ६.६ किलोबाट र थ्रि फेज लाइनमा स्टायडर्ड चार्जरको रुपमा ११ किलोवाट क्षमताको चार्जर प्रयोग गर्न सकिन्छ ।

सबै लाइटहरु एलइडी प्रयोग भएको यो कारमा १८ इन्चको अलोय ह्वील, उत्कृष्ट इन्फोटेन्टमेन्ट सिस्टम, पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा जस्ता फिचर यसमा पाउन सकिन्छ ।


Back_to_top