यामाहा एमटी-१५ बीएस ६ किन्नेलाई दुई अफर

काठमाडौं । यामाहाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेजले आफ्नो नयाँ मोडल बीएस ६ एमटी १५ किन्ने ग्राहकलाई दुई किसिमको अफर दिएको छ । कम्पनीले दिएको अफरमा डाउन पेमेन्ट नपुग्ने ग्राहकलाई कम डाउन पेमेन्ट र ५० प्रतिशत डाउन पेमेन्ट गर्न सक्नेलाई व्याज नलाग्ने अफर दिएको हो ।

नयाँ फाइनान्स स्कीममा कम रकम डाउन पेमेन्ट गर्ने ग्राहकले १ लाख ८३ हजार ९६० रुपैयाँ डाउन पेमेन्ट गरेर बीएस ६ भर्सन एमटी १५ मोटरसाइकल किन्न सक्ने छन् ।

यामाहा एमटी १५ बीएस ६ मोटरसाइकलको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ । कम डाउन पेमेन्ट स्कीममा १ लाख ८३ हजार ९६० रुपैयाँ तिरेर मोटरसाइकल किन्ने ग्राहकले बाँकी रकम ३० किस्तामा तिर्ने सुविधा पाउने छन् ।

ग्राहकले ३० महिनासम्म मासिक १० हजार ४९५ रुपैयाँ किस्ता तिर्नेगरी यो मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

कम्पनीले ल्याएको अर्को स्कीम शून्य प्रतिशत व्याजमा मोटरसाइकल किन्ने ग्राहकले भने २ लाख २९ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यो स्कीम अन्तर्गत ग्राहकले १८ महिनाको अवधिमा बाँकी रकम बुझाउनु पर्छ । यसरी खरिद गर्दा ग्राहकले हरेक महिना १२ हजार ७७५ रुपैयाँ बुझाउनु पर्ने हुन्छ । यो स्कीममा कुनै ब्याज लाग्दैन ।

पुरै रकम एकै पटक तिर्न नसक्ने तर, ५० प्रतिशत डाउन पेमन्ट गरेर मासिक करिब १३ हजार किस्ता तिर्न सक्ने मानिसलाई यो स्कीम निकै फाइदा जनक हुन्छ ।

यामाहा एमटी १५ मा १५५ सीसी क्षमताको एचओएचसी लिक्वीड कुल्ड फोर भल्भ इन्जिन रहेको छ । उक्त इन्जिनले १०००० हजार आरपीएममा १९.०५ बीएच पावरका साथै ८५०० सय आरपीएममा १४.७ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स र स्टान्डर्ड स्लिपर क्लच दिइएको छ ।

 


Back_to_top