काठमाडौं । यामाहाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेज्ले आफ्नो मोटरसाइकलमा नयाँ फाइनान्स स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा ८७ हजार ४७५ रुपैयाँ डाउन पेमेन्ट तिरेर नयाँ मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको हो ।
कम्पनीले ग्राहकलाई धेरै छनोट होस् भनेर शून्य प्रतिशत व्याज वा कम डाउन पेमेन्ट स्कीम छनोट गर्नसमेत दिएको छ ।
कम्पनीले ल्याएको स्कीममा यामाहाको सर्वाधिक सफल मोटरसाइकल एफजेडएस भी ३ लिन ८७ हजार ४७५ रुपैयाँ डाउन पेमेन्ट गरे पुग्छ । यो स्कीम अन्र्तगत ग्राहकले ३० महिनाको अवधिमा बाँकी रकम बुझाउनु पर्ने हुन्छ । कम इएमआई अन्तर्गत ग्राहकले मासिक रुपमा ९ हजार ९८१ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।
कम्पनीले ल्याएको अर्को स्कीम शून्य प्रतिशत व्याजमा मोटरसाइकल किन्दा भने ग्राहकले १ लाख ७४ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यो स्कीम अन्तर्गत ग्राहकले १८ महिनाको अवधिमा बाँकी रकम बुझाउनु पर्छ । यसरी खरिद गर्दा ग्राहकले हरेक महिना ९ हजार ७१९ रुपैयाँ बुझाउनु पर्ने हुन्छ । यो स्कीममा कुनै ब्याज लाग्दैन ।
यो मोटरसाइकलको मूल्य ३ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।
यामाहा एफजेडएस भी थ्रीमा १४९ सीसी एसओएचसी, एयरकुल्ड, सिगंल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १२.४ पीएस पावर तथा १३.६ एनएम टर्क जेनेरेट गर्छ ।
यो मोटरसाइकलमा सिंगल च्यानल एबीएस, अल एलइी लाइट, दुबै ह्वीलमा डिस्क ब्रेक, अल डिजिटल क्लस्टर जस्ता फिचर रहेको छ । यो मोटरसाइकल नेपालमा यामाहाको सर्वाधिक सफल मोडलमा पर्दै आएको छ ।

