एड्भेन्चर मोटरसाइकलमा थपिदै नयाँ प्रतिस्पर्धी, यस्ता छन् फिचर

काठमाडौं । क्लासीक लेजेन्डले तीन नयाँ मोटरसाइकल सहित येज्दी ब्राण्ड भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले क्रुजर, स्क्रायम्वलर र एड्भेन्चर गरी तीन मोडल सार्वजनिक गरको हो ।

कम्पनीले सार्वजनिक गरेको तीन मध्येको एक एड्भेन्चर मोडलले रोयल इनफिल्ड हिमालयनलाई सिधा टक्कर दिने देखिन्छ ।

कम्पनीका अनुसार येज्दी एड्भेन्चर वास्तवीक एड्भेन्चर टुरर हो । यसले जस्तोसुकै सडकमा पनि उच्च प्रर्दशन गर्न सक्छ । कम्पनीले येज्दी एड्भेन्चरको मूल्य २ लाख १० हजार भारतीय रुपैयाँ (एक्स सोरुम) निर्धारण गरेको छ ।

कम्पनीले येज्दी एड्भेन्चर तीन कलर अप्सनमा ल्याएको छ । कलर अनुसार यसको मूल्यसमेत फरक रहेको छ ।

येज्दी एड्भेन्चर सिग्नेचर एड्भेन्चर डिजाइनमा निर्माण भएको छ । जसको फ्रन्टमा ठूलो वीन्ड स्क्रीन दिइएको छ । साथै यसको फ्यूल ट्याङक कलात्मक रहेको छ । यसमा स्प्लीट स्टाइल सिट पाउन सकिन्छ । यसको टेल सेक्सन माथि उठेको छ । त्यस्तै यसमा सिंगल एक्जष्ट उपलब्ध छ भने, यो अपस्वप्ट रहेको छ ।

येज्दी एड्भेन्चरको फ्रन्ट लुक निओ रेट्रो डिजाइनमा जस्तो देखिन्छ । यसमा राउन्ड एलइडी हेडल्याम, र्फक गाइटर र स्पोक ह्वील दिइएको छ । यो मोटरसाइकलका लागि येज्दीले प्रशस्त एशोसरिजहरु उपलब्ध गराएको छ । यसमा स्याडल व्याग, पेनीयर्स बक्स, ग्यालन, ह्यान्ड गार्ड जस्ता एशोसरिजले यसलाई टुरिङका लागि उत्कृष्ट बनाएको छ ।

येज्दी एड्भेन्चरमा टील्ट एड्जष्टएवल फुल डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसमा कनेक्ट फिचरसमेत उपलब्ध छ । जसमा चालकले टर्नवाइटर्न नेभिगेशन र ब्लुटुथ कनेक्टीभीटी मार्फत फोन कनेक्ट गर्न सक्छन् । त्यस्तै यसमा एलइडी इलुमीनेसन, यूएबी पोर्ट र टाइप सी चार्जिङ पोइन्ट उपलब्ध छ ।

येज्दी एड्भेन्चरमा ३३४ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिन जावा पेराकबाट लिइएको भएता पनि यसलाई एड्भेन्चरका लागि ट्युन गराइएको छ । यो इन्जिनले ३०.२ पीएस पावर ८००० आरपीएममा र २९.९ पीएस पावर ६५०० आरपीएममा जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यसको फ्रन्टमा टेलीस्कोपिक सस्पेन्सन तथा रियरमा प्रि–लोड एड्जष्टेवल मोनोसक सस्पेन्सन उपलब्ध छ । त्यसैगरी यस मोटरसाइकलमा २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथ अफरोड राइडिङमा चालकलाई कर्फट प्रदान गर्ने देखिन्छ ।

ब्रेकिङमा दुबै तर्फ डिस्क ब्रेक उपलब्ध रहेको मोटरसाइकलमा डबल च्यानल एबीएस फिचर दिइएको छ । यसको फ्रन्टमा २१ इन्च र रियरमा १७ इन्चको डबल पर्पस टायर रहेको छ ।


Back_to_top