काठमाडौं । विद्युतीय साइकल निर्माता कम्पनी टोटचेले इलेक्ट्रीक साइकल सार्वजनिक गरेको छ । भारतको बैंग्लोर बेस स्टार्टअप कम्पनी ‘टोटचे’ले २ भेरियन्टमा ‘हेलीओ एच १००’ साइकल बजारमा ल्याएको हो ।
यो साइकललाई कम्पनीले ६० र ८० किलोमिटर रेञ्ज दिने दुई भेरियन्टमा ल्याएको हो । हेलीओ एच १०० हाइब्रिड स्टाइल इलेक्ट्रीक साइकल हो । यसमा उच्च गुणस्तरको आल्मुनियम फ्रेम प्रयोग गरिएको छ ।
यो साइकलमा २५० वाट रियर हब मोटर जडान गरिएको छ । टोटचेका अनुसार यसको इलेक्ट्रीक मोड पावर असिस्ट पाँच लेवलमा काम गर्छ । यसलाई दाहिने तर्फको ह्यान्डलबारमा रहेको थ्रोटलद्धारा प्रयोग गर्न सकिन्छ ।
यसलाई प्याडको सहायताले मात्र चलाउन तथा इलेक्ट्रीक स्कुटर जस्तै चलाउन पनि सकिन्छ । यसको इलेक्ट्रीक मोड अन गरेर प्याडलको सहायतामा चलाउने हो भने यसको रेञ्च अझै बढ्ने कम्पनीले जनाएको छ ।
यो साइकल स्प्रीङ्ग ग्रीन र फेटा ह्वाइट कलरमा सार्वजनिक भएको छ । यसको सुरुवाती मूल्य ४८ हजार ९०० भारतीय रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले भारतीय बजारमा हेलीओ एच १०० को विक्री सुरु गरेको छ भने, अन्य तीन मोडलको बुकिङ खुल्ला गरेको छ । यसमा १८ महिनाको वारेन्टी दिने कम्पनीले जनाएको छ ।
सुरुवाती चरणमा कम्पनीले ७५ डिलरबाट विक्री सुरु गरेको छ । हाल यो साइकल पुणे, मुम्वई, कोलकाता, चेन्नाई, बैग्लोर, हैदरावाद र दिल्लीमा उपलब्ध रहेको छ ।
नेपाली बजारमा याडियाले इलेक्ट्रीक साइकल विक्री गरिरहेको छ । याडियाका साइकल इलेक्ट्रीक मोडमा मात्र संचालन गर्न भने सकिन्न । यी स्कुटरलाई संचालन गर्नका लागि अनिवार्य प्याडल गर्नुपर्ने हुन्छ ।
नेपालमा कोभिड देखिएसँगै साइकल प्रयोग कर्ता बढी रहेका छन् । प्रयोगकर्ता बढेसँगै विभिन्न साइकल आयातकर्ता कम्पनीहरुले नयाँ ब्राण्ड ल्याइरहेका छन् । यस्तोमा यस्ता इलेक्ट्रीक साइकल नेपाल आउने सम्भावना धेरै रहेको पाइन्छ ।


