१२५ सीसीको भन्दा सस्तो १५० सीसीको मोटरसाइकल, यस्ता छन् विशेषता

काठमाडौं । हिरोले नेपालमा विक्री गर्ने मोटरसाइकलको मूल्य अन्य कम्पनीको तुलनामा सबैभन्दा कम देखिएको छ । नेपाल जनरल मार्केटिङ प्रालिले नेपाली बजारमा १५० सीसी सेग्मेन्टमा ४ र २०० सीसी सेग्मेन्टमा ३ मोडल विक्री गर्दै आएको छ ।

कम्पनीले विक्री गर्ने १५० सीसी सेग्मेन्टको एचिभर सबैभन्दा कम मूल्यको मोटरसाइकल हो भने, एक्सपल्स २०० सबैभन्दा महंगो मोटरसाइकल हो । एनजीएम हिरोले एचिभरको मूल्य २ लाख ३० हजार तोकेर विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने एचिभर १२५ सीसी सेग्मेन्टमा उपलब्ध होन्डा साइन, पल्सर १२५, टीभीएस रेडर भन्दा कम मूल्यमा किन्न पाइन्छ ।

अहिले बजारमा उपलब्ध होन्डा साइन एसपीको मूल्य २ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ भने, साइन एसपी डीएसएसको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ ।

बजाज पल्सर १२५ को मूल्य २ लाख ४४ हजार ९०० रुपैयाँ कायम गरेर कम्पनीले विक्री गर्दै आएको छ । टीभीएसले बजारमा बुकिङ सुरु गरेको मोटरसाइकल रेडर १२५ को मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ कायम गरेको छ ।

हिरोले यी चल्तीका मोडलको तुलनामा आफ्नो १५० सीसीको मोटरसाइकलको मूल्य २ लाख ३० हजार मात्रै कायम गरेर विक्री गर्दै आएको छ ।

हिरो एचिभरमा १४९.१ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा १३.४ ब्रेक हर्स पावर र ५००० आरपीएममा १२.८ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलमा १८ इन्चको ह्वील दिइएको छ ।

अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक उपलब्ध यो मोटरसाइकललाई कम्पनीले ट्यूवलर डायमण्ड टाइप फ्रेममा बनाएको हो । यसमा ५ स्पीडको गियरबक्स र मल्टी प्लेट क्लच दिइएको छ ।

यसमा अगाडि टेलिस्कोपीक हाइड्रोलीक शक एब्जर्बर र पछाडि स्वीङ आर्म शक एब्जर्बर पाउन सकिन्छ ।


Back_to_top