हिरोले सार्वजनिक गर्‍यो दुई स्मार्ट इलेक्ट्रीक साइकल, यस्तो छ मूल्य

काठमाडौं । हिरो साइकलले इलेक्ट्रीक साइकल सार्वजनिक गरेको छ । हिरो साइकल अन्तर्गतको हिरो इलेक्ट्रोले दुई नयाँ इलेक्ट्रीक माउन्टेन साइकल सार्वजनिक गरेको हो ।

कम्पनीले इलेक्ट्रीक साइकल एफ २ आई र एफ ३ आई सार्वजनिक गरेको छ । कम्पनीले एफ २ आईको मूल्य ४० हजार रुपैयाँ र एफ ३ आईको मूल्य ४१ हजार भारतीय रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीका अनुसार यी दुई साइकल अन रोड तथा अफरोड दुवैका लागि उपयुक्त रहेको छ । यी साइकल माउन्टेन साइकल सेग्मेन्टमा पहिलो स्मार्ट फिचर भएको साइकल रहेको कम्पनीले दाबी गरेको छ । यी साइकलमा ब्लुटुथ तथा मोबाइल कनेक्टेड फिचर उपलब्ध रहेको छ ।

यी दुवै साइकलले एकपटकको फुल चार्जमा ३५ किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यसमा ७ स्पीड गियर, १०० एमएम सस्पेन्सन, डबल डिस्क ब्रेक, अलाय ह्वील जस्ता फिचर रहेको छ ।

यी दुवै साइकलमा उच्च क्षमताको ६।४ एम्पियरको आइपी ६७ रेटेड वाटप्रुफ तथा डष्ट प्रुफ ब्याट्री दिइएको छ । यसमा २५० वाटको हब मोटर रहेको छ । यसमा चार राइडिङ मोड दिइएको छ । जसमा पेडेलेक, थ्रोटल, क्रुज कन्ट्रोल र म्यानुअल मोड रहेको छ ।

 


Back_to_top