काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो लाइफ स्टाइल अफरोड एसयूभी थार अब पाँचवटा ढोका सहितको ल्याउने भएको छ । अहिले विक्री भइरहेको थारमा दाँया, बाँया र पछाडि मात्र ढोका रहेको छ । यो गाडीमा रियर प्यासेन्जर चढ्नका लागि अगाडि बाँयापट्किो सिट फोल्ड गरेर वा पछाडिको ढोका खोलेर मात्र सकिन्छ ।
भारतमा थ्री डोर एसयूभीमा अझै पनि करिब ६ महिनाको वेटिङ पिरियड चलिरहेको छ भने नेपालमा महिन्द्राको सबै मोडल आयात भइरहेको भएपनि सप्लाइमा समस्या भएका कारण थार अहिलेसम्म आउन सकेको छैन ।
।
पाँच ढोका भएको थार अझै परिष्कृत हुने जनाइएको छ । यसको ह्वीलवेस अहिलेको थार भन्दा पक्कै पनि लामो हुनेछ । यो एसयूभीको सस्पेन्सनको मेकानीजम सुधार गरेकाले राइड क्वालीटीमा समेत सुधार हुने अपेक्षा गरिएको छ । कम्पनीले यसको स्टेरिङलाइ पनि रिडिजाइन गर्दै हलुका बनाएको छ ।
नयाँ थारमा २.२ लिटर, फोर सिलिण्डर एमहक डिजेल र २.० लिटरको एमस्टेलन फोर सिलिण्डर पेट्रोल इन्जिन उपलब्ध छ । दुबै इन्जिनसँग ६ स्पीडको म्यानुयल तथा ६ स्पीडकै टर्क कन्भर्टर अटोमेटीक गियरबक्स रहेको छ ।
महिन्द्राले आगामी ५ वर्षमा धेरैवटा नयाँ मोडलहरु लन्च गर्ने लक्ष्य लिएर काम गरिरहेको छ । जसमा पाँच ढोका भएको थार पनि प्रमुख मोडल हो । नयाँ थार अहिलेकै थारको प्ल्याटफर्ममा बन्ने छ । यो कार सन् २०२३ सम्ममा भारतमा लन्च हुने अनुमान गरिएको छ ।

