सुजुकी जिम्नी हाइब्रिड इन्जिनमा आउने

काठमाडौं । सुजुकीको चर्चित अफरोड एसयूभी जिम्नीलाई कम्पनीले हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । कम्पनीले टोयोटासँगको सहकार्यमा हाइब्रिड इन्जिनको प्रयोग गरेको हो ।

सुजुकी र टोयोटा बीचको सम्झौँता अनुसार यी दुई कम्पनीले नयाँ टेक्नोलोजीदेखि उत्पादनसम्ममा सहकार्य गर्दै अएका छन् । तर, यी दुई कम्पनी भएको सहकार्य अनुसार सन् २०२४ सम्ममा जिम्नी हाइब्रिड इन्जिन उपलब्ध हुनेछ ।

अहिले नेपालमा पनि विक्री हुँदै आएको जिम्नीमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यही पेट्रोल इन्जिनसँगै नयाँ हाइब्रिड टेक्नोलोजी प्रयोग हुने अनुमान गरिएको छ ।

सुजुकीले जिम्नीमा प्रयोग गर्ने हाइब्रिड सिस्टमले करिब ३ किलोमिटर हाराहारी दुरीतय गर्नेछ भने, बाँकी समय पेट्रोल इन्जिनको पावर प्रयोग हुनेछ । तर, गाडी गुड्दा पेट्रोल र व्याट्री पावरको समान प्रयोग हुने भएकाले माइलेज भने धेरै आउने छ ।

नयाँ इन्जिनसँगै सुजुकीले जिम्नीको साइज पनि केही बढाउने अपेक्षा गरिएको छ । जसले पछाडिको प्यासेन्जरका लागि थप स्पेशका साथै कार्गोका लागि समेत धेरै ठाउँ प्राप्त हुनेछ ।


Back_to_top