फोटोनकाे इभी नेपाल आउँदै, कार्गो र स्कूल भ्यान ल्याउने

काठमाडाैं । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान नेपाली बजारमा ल्याउने भएको छ । फोटोनका यी भ्यानहरुमा १०० किलोवाट मोटर  रहेकाे छ जसकाे क्षमता १३६ हर्सपावर रहेकाे छ । यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको छ।

बिजुली गाडी बाट वातावरण प्रदुषण नहुने भएकोले गर्दा अबको फोटोनको यात्रा बिजुली गाडी केन्द्रित हुनु सकारात्मक रहेको छ ।वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित यस्ता प्रकारका भेहिकल प्रति उपभोक्ताहरु आकर्षित भएका  छन् ।

विश्वव्यापीरूपमा यस्ता सवारीसाधनहरूकाे मागहरु बढ्दै गइरहेको पछिल्लो बजार तथ्याङ्कले पनि दर्शाएको छ। बिजुली आपूर्ति सहज हुँदा डिजेल भन्दा बिजुली गाडी सञ्चालन खर्च निकै कमहुने अध्ययनहरुले प्रमाणित गरिसकेको छ ।

लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाइकल, स्कुटर लगायत उत्पादनमा चीन अरु राष्ट्रहरु भन्दा निकै अगाडि रहेको अवस्था छ । उत्पादन संख्या धेरै भएको चीनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको छ ।

नेपालकामा  फोटोन मोटरकाे टुनल्यान्ड ई र टुनल्यान्ड एस पिकअपका साथै १९ सिट, १६ सिट र १५ सिट क्षमताको भ्यान  र विभिन्न प्रकारका एम्बुलेन्स उपलब्ध रहेकाे छ ।


Back_to_top