के हो ‘कोल्ड स्टार्ट’ ? चिसाेमा किन जरूरी छ काेल्ड स्टार्ट

काठमाडौं । कुनै पनि मोटरसाइकल चलाउन सुरु गर्नुभन्दा पहिला स्टार्ट गरेर केहि समय राख्ने प्रक्रियालाई कोल्ड स्टार्ट भन्ने गरिन्छ । यो प्रकिया हरेक दिन पहिलो पटक मोटरसाइकल गुडाउनु अघि अनिवार्य गर्नु पर्ने हुन्छ ।

यो प्रक्रिया विशेष गरेर चिसो समयमा गर्नु अत्यावश्यक हुन्छ । हामीले अघिल्लो साँझ ग्यारेजमा राखेको मोटरसाइकलमा इन्जिन आयल इन्जिनको सबैभन्दा मुनी तल्लो भागमा जम्मा भएर बसेको हुन्छ । यस्तो अबस्था मोटरसाइकल स्टार्ट गरेर सिधै कुदाउदा इन्जिनको सबै भागमा इन्जिन आयल पूगेको हुँदैन फलस्वरुप घस्रण पैदा भई इन्जिनमा चाँडै समस्या आउँछ । यसका साथै मोटरसाइकलको पर्फमेन्समा समेत कमि आउँछ ।

चिसो बढ्दै गएसँगै मोटरसाइकल स्टार्ट गर्न समस्या आउनु सामान्य हो । यो समस्या विशेष गरि जाडो मौससमा आउने गर्छ । योसँगै हामीले बिहान मोटरसाइकल चलाउनु अघि कोल्ड स्टार्ट विधि अपनाउँदा मोटरसाइकलको आयु र प्रफर्मेन्स समेत बढाउन सकिन्छ ।

कसरी गर्ने कोल्ड स्टार्ट र यसका फाइदा

यो एक अतिनै सामान्य प्रक्रिया भएता पनि यसका धेरै फाइदा रहेका छन् । यो प्रकृया सुरु गर्नु अघि मोटरसाइकललाई मिड स्ट्डान्ड (डबल स्ट्यान्ड) मा राख्ने यसो गर्दा इन्जिन आयल इन्जिनको तल्लो भागको सेन्टमा जान्छ । त्यस पश्चात मोटरसाइकललाई न्यूट्रल गियरमा राखेर स्टार्ट गर्ने । यसमा हामीले किक वा सेल्फ जुन प्रकियाबाट स्टार्ट गर्दा पनि हुन्छ । यसरी मोटरसाइकल स्टार्ट गरेर २ देखि ५ मिनेटसम्म थ्रोटलमा प्रेसर नदिइ छाड्नु पर्ने हुन्छ । अर्थात एक्सीलेटर बटार्नु दवाउनु हुँदैन ।

कार्वुरेटर इन्जिन भएका मोटरसाइकलमा स्टार्ट गर्न समस्या भयो भने हामीले चोकको प्रयोग गर्नुपर्ने हुन्छ । एफआई इन्जिन भएका मोटरसाइकलमा भने यस्तो समस्या आउने सम्भावना एकदमै कम हुन्छ । यसरी इन्जिन स्टार्ट गरेर बढिमा ५ मिनेट छाडेर हामीले मोटरसाइकल कुदाउनु उपयुक्त हुन्छ । यसो गर्दा इन्जिनको सबै भागमा इन्जिन आयल राम्रो सप्लाई हुन्छ र इन्जिन स्मुथ भएर चल्छ । जसले गर्दा मोटरसाइकलमा भाइब्रेसन कम हुने, माइलेज बढ्ने, थ्रोटल रेस्पोन्स राम्रो हुने, इन्जिनको आयु बढ्ने र समग्रमा मोटरासइकलको पर्फमेन्समा नै वृद्धि हुन जानेछ ।


Back_to_top