मोदीकाे नयाँ कार, १५ केजी बमले पनि क्षती नहुने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि दुई वटा नयाँ कार किनिएको छ । भारत सरकारले उनका लागि जर्मन लग्जरी कार निर्माता मर्सिडिज ब्राण्डको २ वटा मेब्याक एस ६५० मोडलको अत्याधुनिक सुरक्षा फिचरहरुले सुसज्जित कार किनेको हो ।

यो कारमा प्रधानमन्त्री मोदी केही समयअघि भारत भ्रमणमा आएका रुसी राष्ट्रपतिलाई स्वागत गर्ने मोदी बेला पहिलो पटक देखिएका थिए । उनी पुन सोही कारमा देखिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

यसअघि मोदीले बीएमडब्ल्यू ७ सिरीज, ल्याण्ड रोभर भोग र टोयटा ल्याण्डक्रुजर जस्ता बुलेटप्रुफ कार प्रयोग गर्दै आएका थिए । तर पछिल्लो समय उनको सवारी सूचीमा १५ केजी बमले समेत असर नगर्ने मर्सिडिज ब्राण्डको कार थपिएको हो । अत्याधुनिक सुरक्षा यन्त्रबाट सुसज्जित मेब्याक एस ६५० विण्डो र बडीमा अझ बडि सुरक्षित बनाउन अपग्रेड गरिएको मर्सिडिज कार हो ।

कारको विण्डोलाई पोलिकार्बोनेटले कोटिङ गरिएको हुँदा एके ४७ को गोली समेत छिर्न सक्दैन । त्यस्तै, यो विस्फोटक पदार्थ प्रतिरोधी एक्प्लोसीप रेसिस्टेन्ट भेहिकल २०१० रेटेड कार हो । यो कारमा सवार यात्रु कारको २ मिटरको दुरीमा १५ किलोग्राम टीएनटी विस्फोट हुँदासमेत सुरक्षित हुन्छन् ।

६.० लिटर क्षमताका टुइनटर्बो भी १२ इन्जिन रहेको छ, जसले ५१६ हर्सपावर तथा ९०० एनएम टर्क उत्पादन गर्छ । यो कारको अधिकतम गति प्रति घण्टा २५७ किलोमिटर रहेको छ । कारको भित्री भाग निकै लग्जरियस रहेका छन् । साथै, कारमा पंचर हुँदासमेत गुड्न सक्ने विशेष खाले टायर प्रयोग गरिएको हुन्छ ।

यसबाहेक, ग्यास आक्रमण भएको खण्डमा छुट्टै एयर सप्लाइ हुने व्यवस्था छ । मेब्याक एस ६५० को इन्धन ट्याङ्की विशेष सामग्रीले कोटिङ गरिएको हुन्छ र गोली लागेपछि आफैँ जोडिन्छ । अर्थात् कारको फिउल ट्याङ्की बोइङ जहाज र अपाचे हेलिकप्टरमा प्रयोग गरिने सामग्रीले कोटिङ गरिएको हुन्छ ।

रिपोर्टअनुसार मोदीले हालै किनेको मेब्याक एस ६५० कारको बजार मूल्य १२ करोड भारु करिब १९ करोड २० लाख नेपाली रुपैयाँ रहेको छ । यो कारमा हालसम्म उपलब्ध अत्याधुनिक भीआर १० लेबलको सुरक्षा फिचरहरु जडान गरिएको छ ।


Back_to_top