काठमाडौं । नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता सीजी मोटर्सले पहिलोपटक ‛हिरो एक्सचेन्ज ’ र इभल्भ सोरुम एक्सचेन्ज आयोजना गरेको छ । आज असर ६ देखि सुरु हुने यो एक्सचेन्ज योजना असार १५ गतेसम्म सञ्चालन हुनेछ।
नेपालभर चल्ने उक्त मेलामा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्यांकनभन्दा ८ हजार बढीको मूल्यांकन पाउने आयोजकले जनाएको छ।
साथै, एक्सचेन्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेल्मेट उपलब्ध गराउने कम्पनीले जनाएको छ। एक्सचेन्ज अफरमा ग्राहकहरुले हिरो एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, स्प्लेन्डर र जुमका लिन सक्नेछन् ।
कम्पनीले नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भइरहेका छन्।