हिरोले नेपाल ल्यायो २ लाख ८० हजारमा एबीएस भएको नयाँ मोटरसाइकल

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एनजीएम हिरोले नेपाली बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ‘हिरो हङ्क १५० आर’ नेपाली बजारमा केहि दिन भित्रै विक्री सुरु गर्दैछ ।

कम्पनीले हङ्क १५० आर नेपाल ल्याइसकेको छ । अबको केहि दिन भित्रै यसको आधिकारीक विक्री सुरु गर्ने तयारी भइरहेको कम्पनी स्रोतले जनाएको छ । यसअघि हङ्क २०१७ मा विक्री बन्द भएको थियो । हाल कम्पनीले यसलाई हङ्क १५० आर नाम दिएर बजारमा ल्याउन लागेको हो ।

हङ्क १५० आरमा १४८ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ८५०० आरपीएममा १४.१४ बीएच पावर र ६५०० आरपीएममा १२.६ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा सेमिडिजिटल कन्सोल, डबल डिस्क ब्रेक, १६ इन्च अलाय ह्वील, एबीएस जस्ता फिचर रहेको छ ।

यो मोटरसाइकलले बजाज पल्सर १५०, आरटीआर १६० टु भी, होन्डा युनिर्कन जस्ता मोटरसाइकल सँग प्रतिस्पर्धा गर्नेछ । यो मोटरसाइकललको मूल्य २ लाख ८० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

हङ्क १५० आर एबीएस फिचर भएको सबैभन्दा सस्तो मोटरसाइकलको रुपमा नेपालमा विक्री सुरु हुन लागेको हो । अन्य कम्पनीले विक्री गर्दै आएको एबीएस भएका मोटरसाइकल बजारमा ३ लाखभन्दा बढी मूल्यका मात्रै छन् ।


Back_to_top