पेट्रोल इन्जिन र चारै चक्कामा डिसब्रेक सहित आउँदै नयाँ स्कार्पियो

काठमाडौं । तराई होस् वा पहाड नेपाली सडकमा बाक्लो उपस्थिति र उच्च प्रफर्मेन्स देखाएको महिन्द्रा स्कार्पियोको नयाँ जेनेरेशन बजारमा आउने तयारी भइरहेको छ ।

नेपालमा एसयूभीहरु मध्ये सबैभन्दा धेरै विक्री भएको महिन्द्राको स्कार्पियो सात सीट क्षमतामा उपलब्ध हुँदै आएको छ । पर्यटकीय क्षेत्र, सुरक्षा निकाय, सरकारी क्षेत्र तथा राजनीतिज्ञहरुको रोजाईमा पर्दै आएको स्कर्पियो सफल एसयूभी हो ।

भारतीय मिडियाहरुका अनुसार यो एसयूभीको सडक परिक्षण भइरहेको छ । मिडिया रिपोर्टमा परिक्षण भइरहेको स्कर्पियोका तस्विरहरु देख्न सकिन्छ ।

महिन्द्राले नयाँ जेनेरेसन स्कार्पियोमा १७ इन्चको अलोय ह्वील तथा २४५/६५ साइजको टायरको प्रयोग भएको देखिएको छ । यसको नयाँ जेनेरेशन मोडलमा अगाडि र पछाडि दुबै चक्कामा डिसब्रेक हुने निस्चित भइसकेको छ ।

यसमा नयाँ रुफरेल, सार्कफिन एन्टेना, प्रोजेक्टर हेडल्याम्प, नयाँ एलइडी टेलल्याम्प, रियर स्पोइलर तथा हाइमाउन्टेड स्टप ल्याम्पको प्रयोग भएको छ । यसको इन्टेरियरमा मल्टीफङ्सनल स्टरिङ ह्वीलको साथै क्रोमको प्रयोग भएको देखिएको छ । यसमा दायाँ साइडमा स्टार्ट/स्टप सुइच रहेको छ । टेकोमिटर भने एनालग रहेको देखिन्छ ।

नयाँ जेनेरेसन स्कार्पियोमा २.२ लिटरको एमहक डिजल तथा २.० लिटर टर्बो पेट्रोल इन्जिनमा उपलब्ध रहने छ । यो पेट्रोल इन्जिनलाई महिन्द्राले नयाँ जेनेरेशन थारमा समेत प्रयोेग गरिसकेको छ ।


Back_to_top