२ लाख ३९ हजार मूल्यसहित एनआईयूको नयाँ स्कुटर भोलिबाट विक्री सुरु हुने

काठमाडौं । एनआईयू इलेक्ट्रीक स्कुटरको आधिकारिक वितरक इको इन्फिनिटीले नयाँ स्कुटर भित्र्याउने भएको छ । कम्पनीले मार्च ३ तारिख (भोलि) नेपालमा सार्वजनिक गर्ने भएको हो । कम्पनीले एमक्यूआई प्लस सार्वजनिक गर्ने जनाएको छ ।

एमक्यूआई प्लसमा १२०० वाटको मोटर रहेको छ । त्यस्तै यसमा ४८ भोल्टको लिथियम आयन ब्याट्री प्याक रहेको छ । यो स्कुटर एक पटकको फुल चार्जमा ५०-७० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दावि रहेको छ । यो ब्याट्री फुल चार्ज गर्न ४ देखि ६ घन्टा समय लाग्ने कम्पनीले जनाएको छ । यसको टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा छ ।

एमक्यूआई प्लसको मूल्य २ लाख ३९ हजार रुपैयाँ निर्धारण गरेको छ । यसको स्कुटरको कम्पनीले बुकिङसमेत खुल्ला गरेको छ ।


Back_to_top