मोटो टायर र कस्मेटिक परिमार्जन सहित आयो टीभीएस ‘आरटीआर १६० टु भी’

काठमाडौं । टीभीएस आरटीआर १६० टु भी नयाँ कलर र केहि परिमार्जन सहित नेपाल आएको छ । कम्पनीले काठमाडौंमा आयोजना गरिरहेको ‘ग्राण्ड एक्सचेन्ज मेला’मा उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।

नयाँ आरटीआर १६० टु भीको ग्राफिकमा केहि परिर्वतन गरिएको छ भने यसमा अपाचे आरटीआर १६० फोर भीमा प्रयोग भएको मोटो टायर प्रयोग गरिएको छ । यसका अलावा मेकानिकल परिमार्जन भने गरिएको छैन ।

यो मोटरसाइक हाल भृकुटीमण्डपमा चलिरहेको ग्राण्ड एक्सचेन्ज मेलामा उपलब्ध रहेको छ । कम्पनीले मंगलबार र बुधबार दुई दिन मेला अवधी थप गरेको जनाएको छ । मेला सकिएपछि नेपालभर रहेको टीभीएस शोरुममा नयाँ टु भी उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो मोटरसाइकलमा १५९.७ सीसी, सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ८४०० आरपीएममा १५ बीएच पावर तथा १३.९ एनएम टर्क ७००० आरपीएममा जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक रहेको छ ।

यसको मूल्य २ लाख ६६ हजार ९०० रुपैयाँ रहेको छ । यसको सिधा प्रतिस्पर्धा बजाज पल्सर १५०, यामाहा एफजेड १५० सँग हुनेछ ।


Back_to_top