काठमाडौं । आगामी भदौ ११ गतेदेखि काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२४ मा सबैजसो कम्पनीहरूले नयाँ प्रडक्ट सार्वजनिक गर्ने तयारी थालेका छन् ।
अटोशो हेर्न आउने अवलोकनकर्तालाई आकर्षित गर्न अधिकांश दुईपाँग्रेरचारपाँग्रे बिक्रिेताहरूले नयाँ प्रडक्ड/मोडल ल्याउने तयारी थालेका हुन् ।
यस्तोमा दुईपाँग्रे बाण्डहरू बजाज, एथर, सिएफी मोटो, रोयल इनफिल्ड लगायतले नयाँ प्रडक्ट ल्याउने भएका छन् । यसैबीच, हालै मात्र डिलरशिप परिर्वतन भएर नयाँ डिलरमा नियुक्त भएको सीजी मोर्टसले पनि नाडा अटो शोमा हिरोका मोटरसाइकल तथा स्कुटर प्रदर्शन गर्ने भएको छ ।
कम्पनीले हाल नेपालमा तीन मोटरसाइकल र एक स्कुटर बिक्री गर्दै आएको छ । कम्पनी स्रोतका अनुसार नाडा अटो शो २०२४ मा कुनै नयाँ प्रडक्ट ल्याउने तयारी भइरहेको बताए पनि कुन प्रडक्ट आउछ भन्ने बारे स्पष्ट जानकारी भने दिएको छैन् ।
कम्पनीले नेपाली बजारमा सर्वाधिक धेरै बिक्री हुने सेग्मेन्ट १२५ सीसीको मोटरसाइकल ल्याउने अनुमान गर्न सकिन्छ । अहिले नेपाली बजारमा १२५ सीसीको बजार राम्रो भइरहेको अवस्थामा सिजी मोटर्सले हिरो एक्स्ट्रीम १२५ ल्याउने अनुमान गर्न सकिन्छ ।
प्रिमियम कम्प्यूटर मोटरसाइकल एक्स्ट्रीम १२५ आर स्पोर्टी डिजाइन, उत्कृष्ट लुक्स र आधुनिक फिचर दिएर निर्माण भएको कम्पनीको दाबी छ ।
यस मोटरसाइकलमा कम्पनीले ‘फर्स्ट इन सेग्मेन्ट’ फिचरहरू दिएको छ । नयाँ एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११।५० ब्रेकहर्स पावर जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
फरक र आधुनिक किसिमको रेजर शार्प एलईडी प्रोजेक्टर लो-स्लङ्ग हेडल्याम्प र एलईडी टर्न इन्डिकेटरले मोटरसाइकल स्टाइलिस देखिएको छ ।
ब्रेकिङका लागि नयाँ एक्स्ट्रीम १२५ आरमा भेरियन्ट अनुसार अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक, डुअल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस र डुअल च्यानल एबीएस अप्सन पाइन्छ ।
यसमा डाइमन्ड फ्रेम, डीआरएल, स्प्लीट सीट, स्प्लीट ग्रयाबरेल, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा शोवा प्रिलोड एड्जस्टेबल मोनोशक दिइएको छ ।

