काठमाडौं । होन्डाको एड्भेन्चर मोडल ‘एनएक्स २००’ मासिक ९ हजार १३० रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सकिने स्कीम आएको छ ।
एड्भेन्चर मोटरसाइकल किन्न खोज्नेहरुको लागि सहज होस् भनेर यस्तो स्कीम ल्याइएको कम्पनीले जानकारी दिएको छ । होन्डा एनएक्स २०० को मूल्य अहिले ४ लाख ८४ हजार ९०० रुपैयाँ तोकेर बिक्री भइरहेको छ ।
थोरैभन्दा थोरै मासिक किस्ता पर्नेगरी मोटरसाइकल किन्न धेरैभन्दा धेरै रकम सुरुमै डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । कम्पनीले ल्याएको स्कीममा मोटरसाइकल किन्नेले मूल्यको ६० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्नेछ ।
यसको मूल्य अनुसार सुरुमै २ लाख ९० हजार ९४० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ । बाँकी रकम दुई वर्षसम्म मासिक रुपमा तिर्नु पर्ने हुन्छ । यस स्कीममा ११.९९ प्रतिशत ब्याज लाग्ने कम्पनीले जनाएको छ ।
यदि, तपाई ४० प्रतिशत डाउन पेमेन्ट गरेर एनएक्स २०० किन्न चाहनु हुन्छ भने तपाईले १३ प्रतिशत ब्याज तिर्नु पर्छ ।
एड्भेन्चर मोटरसाइकल मन पराउनेका लागि उपयुक्त हुने यो मोटरसाइकमा १८४ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले १७.२७ बीएचस पावर र १६.१ एनएम टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
बक्स टाइप स्वीङआर्म, हर्नेटमा प्रयोग भएको च्याचिस, अगाडि गोल्डने यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध छ ।
होन्डा एनएक्स २०० मा सार्प लुकिङ एलइडी लाइट, एलएडी टर्न इन्डिकेटर, नकल गार्ड, विन्ड स्क्रीन, टल ह्यान्डलवार दिइएको छ । साथै, स्प्लीट सिट, इन्जिन कौल र डबल पर्पोज टायर यसको मुख्य विशेषता हो ।
यसमा दिइएको अप राइट ह्यान्डलबार सेटअपले यसलाई अनरोड तथा अफरोड दुबै सुहाउँदो बनाएको छ । डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डिस्क ब्रेक, डबल च्यानल एबीएस, ब्ल्याक अलोय ह्वील यसमा उपलब्ध मुख्य फिचर हुन् ।

