तयार भयो हिरोको ‘अफरोड र टुरिङ्ग’ बाइक, केही दिनमै बजारमा आउने

काठमाडौं । हिरो मोटोकर्पले आफ्नो पछिल्लो उत्पादन एक्सपल्स–२०० बजारमा उतार्ने अन्तिम तयारी गरिरहेको छ । संभबत अबको केही दिनमा नै कम्पनीले एक्सपल्स २०० र एक्सपल्स २०० टी भारतीय बजारमा बिक्री वितरण सुरु गर्नेछ । 

कम्पनीले यी दुई मोडललाई अफरोड भर्सन र  टुरिङ्ग भर्सनमा ल्याएको हो । जसमा एक्सपल्स–२०० टी  टुरिङ्ग हो भने एक्सपल्स २०० रोडिंग भर्सन हो ।

एक्सपल्स २००मा हाइ माउन्टेड एक्जस्ट क्यानीस्टर र फ्रन्ट मगगार्ड, अफरोड टायर र कम्प्याक सिट लगाइएको छ । यस्तै, एक्सपल्स–२०० टीको एडभेन्चर टुरर भेरियन्टमा लो माउन्टेड एक्जस्ट, लार्जर सिट र रोड टायरको बिशेषता प्रदान गरिएको छ ।

मोटरसाइकलमा युजल स्याडल ब्याग लगाइएको छ  । हिरो एक्सप्लसमा टलर ट्यांक डिजाइन दिइएको छ । उक्त डिजाइन हिरो करिज्माबाट  लिइएको छ । कम्पनीले यसको स्टक टेलपिसलाई हटाएको छ, जसको कारण यसको तौल केही कम भएकोे कम्पनीले जनाएको छ । 

कम्पनीले एक्सपल्स सिरिजमा १९९.६ सीसी एयर कुल्ड इन्जिनको प्रयोग गरेको छ । जसले १८.४ बिएचपी पावरका साथै १७.१ एनएम टर्क उत्पादन गर्छ । यसमा एलइडी हेडलाइट, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट कन्सोल, लंग ट्राभल सस्पेन्सन र स्पोक ह्वीलजस्ता विशेषता दिइएको छ । यसमा स्पोक ह्वील लगाइएको छ । एक्सपल्स–२०० को मुल्य १ लाख भारूसम्म पर्न आउने अनुमान गरिएको छ ।  

नेपाली बजारमा समेत यो बाइक केही महिना भित्रै आउने अनुमान गरिएको छ । 


Back_to_top