काठमाडौंका सडक मर्मत र विस्तारमा ८४ करोड खर्च, प्रगति कति ?

काठमाडौं । सडकका खाल्डा पुर्न तथा केही विस्तारमा ८४ करोड ९२ लाख  रुपैयाँ खर्च भएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले २०७५ साल चैत मसान्तसम्ममा सडकका खाल्डा खुल्डी पुर्न र सडक विस्तार गर्न सो रकम खर्च गरेको हो । 

सडक डिभिजन काठमाडौंको जानकारी अनुसार उपत्यकाको खाल्डा खुल्डी पुर्न २ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ भने, सडक विस्तारका क्रममा ८२ करोड रुपैयाँ खर्च भएको हो  । 

सडक विस्तारका लागि १ अर्ब ६ करोड रुपैयाँ बजेट छुट्इएको थियो । 

सडकहरुको सर्भे भइरहेकाले कुन ठाउँमा कति मिटर सडक विस्तार भए र कहाँ कहाँ खाल्डा पुरिए भन्ने जानकारी आइनसकेको विभागका सुचना अधिकारी सुदर्शन कार्कीले जानकारी दिए । 

उनका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा सबै बजेट खर्च हुने र कहाँ कति काम भएको छ त्यसको रिपोर्ट पनि आउने छ । 

काठमाडौं सडक डिभिजन कार्यालयले काठमाडौं उपत्यका सडक विस्तार, काठमाडौं उपत्यका सडक निर्माण तथा सुधार मनोहरा करिडोर सडक निर्माण लगायतका स्थानमा सडक विस्तार तथा खाल्डा खुल्डी पुर्ने काम गरिरहेको छ । 

पछिल्लो केही समय झरीका कारण खाल्डा पुर्ने र पिच गर्ने काममा समस्या देखिएको कार्कीले बताए । 

‘हामी धमाधम पिच गर्ने, राती–राती भीआईपी बाटोमा खाल्टा पुर्ने र पिच गर्ने काम गरिरहेका छौं’, कार्कीले मेरोअटोसँग भने । 


Back_to_top