यी हुन् २०१९ का १० उत्कृष्ट विलाशी कार (सूचीसहित)

कार चढ्ने रहर सबैजसो मानिसलाई हुन्छ । कार चढीसकेपछि कारमा हुने विशेषता अनुसार माथिल्लो तहको सुविधायुक्त कारको चाहना सबैलाई हुन्छ । तर विलाशी कार धेरै मानिसको पहुँचमा नहुन सक्छ । त्यसको कारण हो मूल्य । 

तर पनि विलाशी कार चढ्नेहरुको संख्या बढ्दै गइरहेको छ । यो ट्रेन्ड विश्वभर नै रहेको छ । त्यसैले विलाशी कार उत्पादक कम्पनीहरुले महंगा र विलाशी कार उत्पादनमा जोड दिइरहेका छन् । 

यहाँ २०१९ का उत्कृष्ट विलाशी कार कुन कुन हुन् भन्ने विषयमा चर्चा गरिएको छ । द स्पेक्टेटर इन्डेक्सले २०१९ का १० उत्कृष्ट विलाशी कारको सूचि तयार पारेका छ । 

२०१९ को उत्कृष्ट विलाशी कारको सूचिमा पहिलो नम्बरमा मर्सिडिज बेन्ज एस–क्लास रहेको छ । जर्मन कार उत्पादक कम्पनी मर्सिडिजले उत्पादन गरेको एस–क्लास निक्कै आकर्षक र विलाशी रहेको छ । 

सूचिको दोस्रो नम्बरमा रेन्ज रोभर रहेको छ । रेन्ज रोभर बेलायती कम्पनी ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)ले उत्पादन गरेको कार हो । तेस्रो विलाशी कार ज्यागुअर आइ–पेस हो । यो कार पनि बेलायती कार कम्पनी जेएलआरले नै बनाएको हो । यो जेएलआरको पहिलो इलेक्ट्रीक कार हो । 

चौथो विलाशी कारमा टेस्ला मोडल एस रहेको छ । टेस्ला अमेरिकी इलेक्ट्रीक कार उत्पादक कम्पनी हो । पाँचौं स्थानमा जर्मन कार उत्पादक कम्पनी अडीको अडी ए८ रहँदा छैटौं स्थानमा पनि जर्मन कार उत्पादक बीएमडब्लूको ७ सिरिज रहेको  छ । 

जेएलआरको एक्सजे कार २०१९ को सातौं उत्कृष्ट विलाशी कार हो भने आठौं विलाशी कार बीएमडब्लूकै ६ सिरिज ग्रान टुरिसस्मो रहेको छ । नवौं स्थानमा जापानी कार उत्पादक टोयोटाको विलाशी कार ब्रान्ड लेक्ससको लेक्सस एलएस परेको छ । र दशौं स्थानमा इटलियन कार उत्पादक कम्पनी मासेरातीको क्वाट्रोपोर्ट रहेको छ । द स्पेक्टेटर इन्डेक्सले उक्त तथ्यांक अटोकारबाट लिएको उल्लेख गरेको छ । 


Back_to_top