हिरो ‘एक्सपल्स २०० टी’को मूल्य ३ लाख ३२ हजार

काठमाडौं । नेपाल जेनरल मार्के्टिङले हिरो मोटो कर्पको नयाँ उत्पादन एक्सपल्स २०० टी, एक्स्ट्रिम २००एस र नयाँ प्लेजर प्लस स्कुटरको मूल्य निर्धारण गरेको छ । 

कम्पनीले एक्सपल्स २००टीको मूल्य ३ लाख ३२ हजार, एक्स्ट्रिम २००एस को मूल्य ३ लाख २२ हजार रुपैयाँ र प्लेजर प्लसको मूल्य १ लाख ८६ हजार रुपैयाँ कायम गरेको हो । 

नाडा अटो शोमा प्रदर्शनी गरिएको बाइकको मूल्य भने तोकिएको थिएन । हिरो एक्सपल्स २०० टी कम्पनीको पहिलो एड्भेन्चर मोटरसाइकल हो । अब यी ३ वटै मोडलको बिक्री सुरु भएको कम्पनीले जनाएको छ । 

एक्सपल्स २००टी


लामो यात्राको लागि डिजाइन गरिएको एक्सपल्स २००टीमा २०० सीसी कार्बुरेटर इन्जिन दिइएको छ । यो इन्जिनले १८.४ पीएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्छ । सिंगल च्यानल एबीएससहित आएको यो मोटरसाइकलमा एलईडी हेडल्याम्प र टेलल्याम्प, ब्लुटुथ सहितको डिजिटल ओडोमिटर रहेको छ । 

एक्स्ट्रिम २०० एस


एक्स्ट्रिम २०० एस निकै परिष्कृत मोडलको रुपमा कम्पनीले बजारमा ल्याएको हो नयाँ एरोडायनामिकका साथ आएको एक्स्ट्रिम २०० एसमा दिइएको इन्जिनले १८.४ पीएस पावर र १७.१ एनएम टर्क उत्पादन गर्छ । यसमा २०० सीसीको एयर कुल्ड इन्जिन जडित छ । ७ तहको मोनो–शक सस्पेन्सन समायोजन गरिएको यो बाइक ह्यान्डलीङ निकै सहज रहेको कम्पनीको दाबी छ । यसमा पनि सिंगल चयानल एबीएस दिइएको छ । 

प्लेजर प्लस ११०


नयाँ प्लेजर प्लस ११० मा रेट्रो डिजाइनमा आधारित रहेको छ । यसमा दिइएको ११० सीसी क्षमताको इन्जिनले ७५०० आरपीएममा ८ बीएच पावर र ५५०० आरपीएममा ८.७ एनएमको अधिकतम टर्क प्रदान गर्छ ।


Back_to_top