यस्ता छन् कम मूल्यमा पाइने तीन अटोमेटीक कार (मूल्यसहित)

काठमाडौं । उपत्यकाको ट्राफिक जामले मानिसहरुलाई निकै सताइरहेको छ । यस्तोमा नयाँ कार किन्ने मानिसले अटोमेटीक  गियर भएको कारमा रुची राख्न सुरु गरेका छन् । यस्ता अटोमेटीक कारले जाममा गियर परिवर्तन गरिरहनु पर्ने हैरानीको अन्त्य गर्ने छन् । 

नेपाली बजारमा केही कम्पनीले आफ्नो इन्ट्री लेवल कारमा पनि अटोमेटीक अप्सन अपलब्ध गराउँदै आएका छन् । रेनो क्वीड, हुन्डाई सेन्ट्रो, फोर्ड फिगो र मारुती सुजुकी सेलेरियो एएमटी गियरबक्स सहित नेपाली बजारमा बिक्री हुने कम मूल्यका अटोमेटीक गिएर सिफ्ट प्रविधि भएका कारहरु पाउन सकिन्छ । 

रेनो क्वीड

रेनो क्वीडमा १००० सीसी क्षमताको पेट्रोल इन्जन दिइएको छ । जसले ६७ बीएच पावर र ९१ एनएम टर्क जेनेरेट गर्छ । क्वीड १.० लिटर इन्जिनको साथ अटोमेटीक गिएर सिफ्ट प्रविधि भएको रेनोको इन्ट्रीलेवल कार हो । यसमा रोटरी डायल गिएरबक्स लगाईएको छ । यो कारको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ ।

  

नेपाली बजारमा २ भेरिएन्टमा उपलब्ध यो कार आरएक्सटी र आरएक्सएल मोडलमा उपलब्ध रहेको छ । आरएक्सटी मोडलको मूल्य २४ लाख ५८ हजार रुपैयाँ रहेको छ भने, आरएक्सएलको मूल्य २१ लाख ९६ हजार रुपैयाँ रहेको छ । 

रेनो क्वीडले २३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा रेनोका कारहरू एड्भान्स अटोमोबाइलले बिक्रीगर्दै आइरहेको छ ।

हुन्डाई सेन्ट्रो 

हुन्डाईको चर्चित मोडल सेन्ट्रो पनि अटोमेटीक म्यानुयल गियरबक्स भएको कार हो । नेपाली बजारमा लक्ष्मी इन्टिरकन्टिनेन्टल्स प्रालिले बिक्री वितरण गर्दै आएको सेन्ट्रो मग्ना भेरियन्टमा एएमटी गियरबक्स दिइएको छ । 

१०८६ सीसी क्षमताको ४ सिलिन्डर इनलाइन, डिओएचसी इन्जिन दिइएको छ । उक्त इन्जिनले ५५०० आरपीएममा ६८ बीएच पावर र ४५०० आरपीएममा ९९ एनएम टर्क जेनेरेट गर्छ ।  

केही महिना अगाडिमात्र नेपाली बजारमा आएको सेन्ट्रो एएमटीको मूल्य २८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

फोर्ड फिगो

फोर्ड फिगो टाइटेनियम अटोमेटीक गियर बक्समा उपलब्ध रहेको छ । १४९९ सीसी क्षमताको इन्जिन दिइएको यो कारमा ५ स्पिड अटोमेटीक गियरबक्स जडान भएको छ । उक्त इन्जिनले ६३०० आरपीएममा ११० बीएच पावर र ४२५० आरपीएममा १३६ एनएम टर्क दिन्छ । 

फिगो टाइटानियमको नेपाली बजारमा मूल्य ३२ लाख ९० हजार रहेको छ । यस कारले सहरमा १३ किलोमिटर र हाइवेमा १७ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । 


Back_to_top