स्पोर्टी लुक्समा हुन्डाई ‘आई १० एन-लाइन’

हुन्डाई मोटर्सले सेप्टेम्बर १२ देखि २२ तारिखसम्म जर्मनीमा आयोजना हुने फ्राङ्कफर्ट मोटर शोमा अपग्रेटेड ‘आई १० एन–लाइन’ प्रदर्शनीमा  राख्ने भएको छ । केही समय अगाडि मात्रै भारतीय बजारमा सार्वजनिक भएको ग्रान्ड आई १० नियोसकै स्पोर्टी लुक्सको रुपमा यसलाई प्रदर्शनी गर्न लागिएको हो । 

प्रदर्शनीमा राखिने आई १० एनमा १.० टर्बाेचार्ज्ड थ्री सिलिन्डर पेट्रोल इन्जिनमा ल्याइएको हो । उक्त इन्जिनले ९९ हर्ष पावरका साथै १७२ एनएम टर्क उत्पादन गर्छ । यस्तै, यूरोपियन बजारमा बिक्री हुने आई १० मा १.० लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिनले ६६ हर्ष पावर शक्ति प्रदान गर्ने बताइएको छ । साथै यूरोपमा १.२ लिटर पेट्रोल इन्जिनमा पनि आई १० उपलब्ध हुने छ । उक्त इन्जिनले ८३ हर्ष पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ ।  

यसमा रिडिजाइन फ्रन्ट ग्रिल, १६ इन्च अलोय ह्वील, एलइडी डे टाइम रनिंग लाइट, स्किड प्लेट, डिफ्यूजरजस्ता विशेषता दिइएको छ । यस्तै, यो मोडलमा एन ब्रान्डेड स्टेयरिंग ह्वील, गियर शिफ्ट लिभर, मेटल पेडल र अपग्रेटेड सिट लगाइएकोछ । युरोपियन बजारमा भने, परिमार्जित ग्रान्ड आई १०को बिक्री आगामी समरबाट सुरु हुने कम्पनीले जनाएको छ ।

भारतीय बजारमा बिक्री सार्वजनिक भएको  नियोसमा १.२ लिटर कप्पा इन्जिन दिइएको छ । यसले ८३ बीएचपी पावर उत्पादन गर्छ भने इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यस्तै, यसमा उपलब्ध यु टु  १.२ लिटर सिआरडीआई  डिजेल इन्जिनले ७२ पिएस पावर उत्पादन गर्छ ।


Back_to_top