नयाँ इन्जिनमा हिरो एक्सपल्स २०० फोर भी सार्वजनिक

काठमाडौं । हिरोको लोकप्रिय मोटरसाइकल एक्सपल्स २०० को नयाँ भर्सन भारतमा सार्वजनिक भएको छ । हिरो मोटोकर्पले हिरो एक्सपल्स २०० को भोर भी भर्सन ल्याएको हो ।

हिरो एक्सपल्सको हाइवे पर्फमेन्सका लागि कम्पनीले भोर भल्भ इन्जिनमा ल्याएको हो । यसका साथै कम्पनी एक्सपल्स २०० तीन नयाँ कलर अप्सन दिएको छ ।

नयाँ एक्सपल्स २०० फोर भीको मूल्य १ लाख २८ हजार भारतीय रुपैयाँ (एक्ससोरुम) तोकिएको छ । यस अघिको एक्पल्स २०० को मूल्य १ लाख २३ हजार भारतीय रुपैयाँ रहेको थियो ।

यसको फोर भल्भ इन्जिनले यसको पावर समेत वृद्धि गरेको छ । नयाँ एक्सपल्स २०० फोर भीले १८.८ पीएस पावर र १७.३ एनएम टर्क जेनेरेट गर्छ ।

नयाँ एक्सपल्सले पुरानोको तुलनामा १ पीएस पावर तथा १ एनएम टर्क धेरै जेनेरेट गर्छ ।

कम्पनीले ट्रेल ब्लु, ब्लिच ब्लु र रेड रेइड गरी तीन भिन्न कलरमा नयाँ एक्सपल्स सार्वजनिक गरेको छ ।

एक्सपल्समा अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील, एलइडी लाइट, डिजिटल डिस्प्ले, सिंगल च्यानल एबीएस, व्लूटुथ कनेक्टीभीटी जस्ता फिचर यसमा उपलब्ध हुनेछन् ।


Back_to_top