काठमाडौं । स्वीडस कम्पनीले यामाहा आरएक्स जस्तै डिजाइनमा इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले रेट्रो डिजाइनमा झट्ट हेर्दा आरएक्स जस्तो देखिने इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो ।
स्वीडस कम्पनी ‘आरजीएनटी’ ले आरजीएनटी १.५ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य १२ हजार ५०० यूरो निर्धारण गरेको छ । यो नेपाली रुपैयाँ १७ लाख बराबर हुन आउँछ । मेसिनको प्रयोग नगरी हातको प्रयोग गरेर निर्माण गरेको कारण यसको मूल्य बढिपरेको कम्पनीले जनाएको छ ।
झट्ट हेर्दा यामाहाको पुरानो मोटरसाइकल आरएक्स १०० जस्तो देखिएपनि यसमा आधुनिक फिचर तथा प्रदुषण रहित भएको कारण यी दुई मोटरसाइकलको बीचमा ठूलो अन्तर रहेको छ ।
यो मोटरसाइकलमा ७ इन्चको टचस्क्रीन, जीपीएस नेभिगेशन, तथा यसमा सबै एलइडी लाइटको प्रयोग गरिएको छ । यसमा ७.७ किलोवाटको लिथियम आयोन ब्याट्री दिइएको छ । यसले एकपटकको फुलचार्जमा ११० देखि १६० किलोमिटर रेन्ज दिन्छ । यसको टप स्पीड १२५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

