नेक्सनभन्दा कम मूल्यको इलेक्ट्रीक एसयूभी ल्याउँदै टाटा

काठमाडौं । विद्युतीय कार निर्माण र आक्रमक बजार विस्तार गर्ने योजना बनाएको टाटाले नेक्सनभन्दा कम मूल्यको इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने विषय बाहिर आएको छ । कम्पनीले आफ्नो बजारमा आउँदै गरेको पन्च माइक्रो एसयूभीलाई इलेक्ट्रीक अप्सनमा पनि ल्याउने भएको हो ।

माइक्रो एसयूभी सेग्मेन्टमा बजारमा आउन लागेको टाटा पन्च अहिले निकै चर्चामा रहेको मोडल हो ।

टाटा मोटर्सको पेसेन्जर भेहिकल यूनिटका प्रेसिडेन्ट शैलेस चन्द्राले मिडिया कुराकानीमा भनेका छन्, ‘हामी पन्चलाई विभिन्न अप्सन दिएर बजारमा ल्याउने छौं । पेट्रोल, डिजेल र इलेक्ट्रीक अप्सनमा ग्राहकले छनोट पाउने छन् ।’

टाटाले नेक्सनलाई पनि पेट्रोल, डिजेल र इलेक्ट्रीक अप्सनमा विक्री गर्दै आएको छ । नेक्सनभन्दा कम मूल्यमा बजारमा आउने पन्च पनि तीन वटै अप्सनमा उपलब्ध रहने छ ।

टाटाको अल्फा प्लेटफर्ममा तयार भएको पन्च इलेक्ट्री भने जिपट्रोन हाई भोल्टेज आर्किटेक्चरमा आधारित हुनेछ । यसमा दिने व्याट्री साइजको विषयमा केही कुरा बाहिर आएको छैन । तर, नेक्सन हाराहारीकै व्याट्री प्याक रहने अनुमान गरिएको छ ।

सम्भवत सन् २०२२ को अन्तिमसम्ममा पन्च इलेक्ट्रीक बजारमा आइसक्ने छ । टाटाले पन्चमा १.० लिटर टर्बो डिजेल इन्जिन पनि दिने अनुमान गरिएको छ ।


Back_to_top