होण्डाको ‘जिरो कन्सेप्ट’ एसयूभी, अल्फा नामबाट बजारमा आउने

काठमाडौं । होण्डाले जापान मोविलिटी शोमा जिरो नामबाट एक कन्सेप्ट कार देखाएको छ । एसयूभी डिजाइनमा देखिएको जिरो कन्सेप्टक ब्याट्री इलेक्ट्रीकमा उत्पादन हुनेछ ।

नयाँ इलेक्ट्रीक एसयूभी प्रदर्शनमा भने अल्फा नाममा राखिएको छ । कम्पनीका अनुसार अल्फा प्योर इलेक्ट्रीकमा आउने छ । यसलाई सन् २०२७ मा भारत, जापान लगायतका देशमा बिक्री सुरु गर्ने कम्पनीले घोषणा गरेको हो ।

होण्डाले कन्सेप्ट कार भने पनि अल्फा मोडल लगभग उत्पादनको लागि तयार देखिएको छ । कम्पनीले यस वर्षको सुरुवातमा आयोजना भएको सीइएसमा देखाएको एसयूभीभन्दा केही सानो साइजमा अल्फालाई देखाएको हो ।

होण्डाले ‘थिन, लाइट एण्ड वाइज’ नाम दिएको अल्फामा फ्रन्ट डिजाइन अपराइट वाइड देखिन्छ । यसको पछाडि विण्ड स्कृन अनौठो डिजाइनमा तयार परिएको छ । टेललाइट पनि यु आकारमा डिजाइन गरिएको छ ।

अल्फा एसयूभीको फ्रन्ट ग्रिल स्पोर्टी डिजाइनसँगै इलुमीनेटेड लोगोमा आकर्षक देखिएको छ । अगाडिको भागमा दिएको वारपार एलइडी डीआरएल र साइडमा रहेको हेडलाइट सेटअपको कम्बिनेशन उत्कृष्ट छ ।

बाक्लो बडी क्लाडिङ र १९ इन्चको फाइभ स्पोक अलोय ह्वीलसँगै बाक्लोे ह्वील आर्कले गाडी निकै मस्कुलर देखिएको छ । होण्डाले अल्फामा २७०० देखि २८०० एमएम लामो ह्वीलवेस दिनेछ ।

त्यसैगरी, पछाडि दिएको अपराइट विण्ड स्कृनले ठूलो बुट स्पेशको संकेत गर्छ । कम्पनीले यसलाई दुई अलग ब्याट्री अप्सनमा ल्याउने भने पनि आधिकारीक ब्याट्री साइजको जानकारी गराएको छैन ।

सम्भवत जापानी उत्पादकले ६५ र ७५ किलोवाट आवरको ब्याट्रीप्याकमा अल्फा मोडल बजारमा ल्याउने छ ।


Back_to_top