काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ‘फाइनान्स धमाका स्कीम’ सार्वजनिक गरेको छ ।
कम्पनीले उक्त स्कीम अन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमै होण्डाका दुई मोटरसाइकल किन्न सकिने लो डाउन पेमेन्ट स्कीम ल्याएको हो ।
कम्पनीका अनुसार यो लो डाउन पेमेन्ट स्कीम अन्तर्गत हालै नेपाली बजारमा भित्रिएको होण्डा एनएक्स २०० र हर्नेट २.० किन्न सकिने छ ।
जसमा होन्डा हर्नेट २.० किन्ने ग्राहकले ९२ हजार ९८० रुपैयाँ डाउन पेमेन्ट गरेर मोटरसाइकल किन्न सक्नेछन् भने, एनएक्स २०० किन्ने ग्राहकले भने ९६ हजार ९८० रुपैयाँ बुझाउनु पर्नेछ ।
३६ महिना अवधिमा बाँकी रकम बुझाउन सकिने यो स्कीममा होण्डा हर्नेट २.० को मासिक किस्ता १३ हजार ७५ रुपैयाँ पर्छ भने, एनएक्स २०० किन्ने ग्राहकले मासिक १३ हजार ८३० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।
यसका अलावा दुवै मोटरसाइकलको ३ वर्षको इन्स्योरेन्स तथा सर्भिस चार्ज छुट्टै तिर्नुपर्ने कम्पनीले बताएको छ ।