सस्तो मूल्यको इलेक्ट्रीक स्कुटर नेपाल भित्रियो, रेन्ज १२० किलोमिटर

काठमाडौं । काइसाइ ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको छ । जिरो इमिसन राइड एनले नयाँ ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याएको हो ।

कम्पनीले १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने स्कुटर नेपाली बजारमा बिक्री सुरू गरेको हो ।

कम्पनीले भित्र्याएको काइसाइ एससीमा २.४ किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ । यसमा ७२ भोल्ट ४० एम्पियरको ग्राफिनी ब्याट्री उपलब्ध छ । यसलाई एक पटकको फुलचार्जमा १२० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

यसमा १२ इन्चको अलोय ह्वील दिइएको छ भने, यसको ग्राउण्ड क्लियरेन्स १७० एमएम छ ।

यसमा अगाडि डिस्क ब्रेक र पछाडी ड्रम ब्रेक रहेको छ । यसमा ३ वटा ड्राइभ मोड र एउटा रिभर्स मोड उपलब्ध छ । यसका साथै एन्टिथेप्ट ह्वील लक, एलईडी लाइट, डिजिटल कन्सोल जस्ता फिचर उपलब्ध छन् ।

७२ भोल्ट ४० एएच क्षमताको ग्राफिनी ब्याट्री भेरियन्टको मूल्य १ लाख ६५ हजार २०० रुपैयाँ छ भने ७२ भोल्ट २७ एमएच आवरको ब्याट्री क्षमताको भेरियन्टको मूल्य १ लाख ५० हजार २०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

जिरो इमिसन राइड एन नेपालका लागि लुयान ब्राण्डको पनि आधिकारिक वितरक हो । कम्पनीले विगत ५ वर्षदेखि लुयानका विभिन्न मोडेलका इलेक्ट्रीक स्कुटरहरू बिक्रीवितरण तथा बिक्रीपछिको सेवा दिँदै आइरहेको छ ।


Back_to_top