भारतीय बजारमा बिक्री सुरु भएको १५ वर्षमा २ करोड यूनिट बिक्री भएको होन्डा एक्टीभा निकै चर्चित स्कुटर मानिन्छ । हरेक कम्पनीले होन्डा एक्टीभासँग प्रतिस्पर्धा गर्न नयाँ मोडल सार्वजनिक गर्ने गरेको भएपनि खासै सफलता भने पाउन सकेका छैनन् ।
होन्डाले एक्टीभा स्कुटर प्रतिमहिना २ लाख ८० हजार युनिट बेच्दै आएको छ भने, अन्यको बिक्री एकलाख भन्दा तल रहेको छ । दोस्रो स्थानमा रहेको टीभीएस जुपिटर ९० हजारको औषतमा बिक्री हुने गरेको छ ।
यस्तोमा होन्डाले एक्टीभाको ५जी मोडल बजारमा ल्याउँदा टीभीएसले जुपिटर ग्रान्डलाई बजारमा ल्याएको छ । दिपावलीलाई मध्यनजर गर्दै भारतीय बजारमा ल्याइएका दुबै स्कुटर अबको केही दिनपछि नेपाली बजारमा पनि आउन सक्ने छन् ।
यी दुई होन्डा एक्टीभा–५ जी डीएलएक्स र जुपिटर ग्रान्डको स्पेसिफिकेशन एकै प्रकारको देखिन्छ ।
इन्जिन
जुपिटर ग्रान्डमा १०७ सीसी सिङ्गल सिलिन्डर इन्जिन लगाइएको छ । यसले ८ हर्ष पावरकासाथै ८.४ एनएम–टर्क उत्पादन गर्छ । एक्टीभा–५ जीमा उपलब्ध १०९ सीसीको इन्जिनले ८ हर्ष पावरकासाथै ९ एनएम–टर्क उत्पादन गर्छ ।
यसकासाथै कम्पनीको दाबी अनुसार दुबैले लगभग बराबर माइलेज प्रदान गर्छन् । जुटिपर ग्रान्डले प्रतिलिटर ६२ किलोमिटर माइलेज प्रदान गर्छ भने, एक्टीभा–५ जीले प्रतिलिटर ६० किलोमिटरको मालेज प्रदान गर्छ ।
डायमेन्डसन चेसिस
दुबै स्कुटरलाई अन्डरब्रोन फ्रेम चेसिसमा डिजाइन गरिएको हो । यसमा १३० मिलिमिटर फ्रन्ट र रियर ड्रम ब्रेक दिइएको छ । जुपिटर ग्रान्डमा २२० मिलिमिटर डिस्क ब्रेक अप्शनल रहेको छ ।
एक्टीभामा १० इन्च स्टील ह्वील दिइएको छ भने जुपिटरमा १२ इन्चको अलोय ह्वील लगाइएको छ । एक्टीभाको ग्राउन्ड क्लियरेन्स १५३ एमएम रहेको छ भने जुपिटरको १५० एमएम रहेको छ ।

भारतमा मूल्य
टीभीएस जुपिटर ग्रान्ड भारतीय बजारमा ५६ हजार ९ सय ३६ भारतीय रुपैयाँमा बिक्री हुँदैआएको छ भने, होन्डा एक्टीभा–५ जी ५५ हजार ७ सय ३० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । मूल्यमा जुपिटरको तुलनामा एक्टीभा १ हजार तीनसय रुपैयाँले सस्तो रहेको छ ।
जुपिटरमा प्रिमियम सस्पेन्सन, ह्वील्स र डिस्क–ब्रेक रहेको छ भने, एक्टीभा बुलेट–प्रुफ रियावलिटी मेटल–बडी प्यानल दिइएको छ । दुबै स्कुटर एकनाश रहेका छन् भने दुबै एक–अर्काका कडा प्रतिस्पर्धी हुन् ।
निस्कर्ष
दुबै स्कुटर आफ्नो सेग्मेन्टमा निकै आर्कषक र दमदार रहेका छन् । भारतीय बजारमा होन्डाको उपस्थिति निकै लोभलाग्दो छ । जसले हरेक ग्राहकलाई आफुतिर आकर्षित गरिरहेको छ भने, टीभीएस निकै आक्रमकरुपमा बजार बिस्तारमा देखिएको छ ।
ग्राहकले दुई मध्य जुन छनोट गरेपनि उत्कृष्ट स्कुटरको मज्जा लिन सक्ने छन् ।

