दक्षिण कोरियाली कम्पनीले आफ्नो चर्चित मोडल सेन्ट्रोलाई पुनः बजारमा ल्याईसकेको छ ।
हामीले यहाँ तुलनागर्न गर्न लागेको मारुती सुजुकी सेलिरियो, टाटा टियागो र हुन्डाई सेन्ट्रोको मूल्य भारतीय बजारमा झन्डै समान रहेको छ । नेपाली बजारमा अहिले हुन्डाईको सेन्ट्रो आएको छैन भने अन्य दुई गाडी नेपाली बजारमा बिक्री वितरण हुँदै आएका छन् ।
अक्टोबर २३ मा भारतीय बजारबाट ग्लोवल प्रिमियर भएको यो कार अबको एक महिना भित्रनै नेपाली बजारमा आउने अनुमान गरिएको छ ।
साइज
हुन्डाई स्यान्ट्रोको लम्बाई ३ हजार ६१० मिलिमिटर रहेको छ भने चौडाई १ हजार ६४५ मिलिमिटर र उचाई १ हजार ५६० मिलिमिटर रहेको छ । यसको ह्वीलवेश २ हजार ४०० मिलिमिटर हुँदा पछाडि बुटस्पेश २३५ लिटर रहेको छ ।
यस्तै, मारुती सेलेरियोको लम्बाई ३ हजार ६९५ मिलिमिटर, चौडाई १ हजार ६०० मिलिमिटर र उचाई १ हजार ५६० मिलिमिटर रहेको छ । यसको ह्वीलवेश २ हजार ४२५ मिलिमिटर रहेको छ । यसमा पनि बुटस्पेश २३५ लिटरको रहेको छ ।
तेस्रो प्रतिद्वन्द्वी टियागो कारको लम्बाई ३ हजार ७४६ मिलिमिटर, चौडाई १ हजार ६४७ र उचाई १ हजार ५३५ मिलिमिटर उचाई रहेको छ । यसको ह्वीलवेस २४०० मिलिमिटर र बुटस्पेश २४२ लिटर रहेको छ ।
इन्जिन
हुन्डाई सेन्ट्रोमा १०८६ सीसी फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसले ६९ बीएचपी पावरकासाथै ९९ एनएम–टर्क उत्पादन गर्छ ।
सेलेरियोमा दिइएको ९९९ सिसि तीन सिलिन्डर पेट्रोल इन्जिनले ६८ एचपी पावरकासाथै ९० एनएम–टर्क उत्पादन गर्छ ।
टाटा टियागो पेट्रोल र डिजेल दुबै भर्सनमा उपलब्ध छ । यसमा लगाइएको ११९९ सिसि तीन सिलिन्डर पेट्रोल इन्जिनले ८५ बीएचपी पावरकासाथै ११४ एनएम–टर्क उत्पादन गर्छ ।
साथै, १०४७ सिसि क्षमताको तीन सिलिन्डर डिजेल इन्जिनले ७० बीएचपी पावरकासाथै १४० एनएम–टर्क उत्पादन गर्छ ।
तीनवटै कारमा फाइभ–स्पीड म्यानूअल र एएमटी दुबै गियरबक्सको विकल्प दिइएको छ ।
माइलेज
माइलेजको हिसाबमा हुन्डाई सेन्ट्रोले प्रतिलिटर २०.३ किलोमिटरको माइलेज प्रदान गर्छ । सेलेरियोको पेट्रोल भेरियन्टले प्रतिलिटर २३.१ किलोमिटर माइलेज प्रदान गर्छ ।
टियागो पेट्रोल भेरियन्टले प्रतिलिटर २३.८४ किलोमिटर माइलेज दिन्छ भने डिजेल भेरियन्टले प्रतिलिटर २७.२८ किलोमिटर माइलेज प्रदान गर्छ ।
विशेषता
सेन्ट्रोमा इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले, एन्ड्रोइड अटो, रिभर्स क्यामरा, रियर एसी–वेन्ट्स, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल र पावर एजेस्टेबलजस्ता फिचर दिइएको छ । उहि सेलेरियोमा हाइट एड्जस्टेबल ड्राइभरसिट, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल र पावर एड्जस्टेबल मिरर दिइएको छ ।
टाटा टियागोमा भने एड्जस्टेबल हेडरेस्ट, हाइट एड्जस्टेबल ड्राइभरसिट, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल र पावर एड्जस्टेबल र फोल्डिङ्ग मिरर दिइएको छ ।
मूल्य
नेपाली बजारमा हुन्डाई सेन्ट्रो सार्वजनिक नभएकाले हामीले मूल्य पनि भारतीय बजारमा रहेको बिक्री मूल्यलाई आधार बनाएर लेखेका छौं ।
कम्पनीले सेन्ट्रो मूल्य ३ लाख ८९ हजारदेखि ५ लाख ६४ हजार भारुसम्म तोकेको छ भने मारुती सेलेरियोको मूल्य ४ लाख २१ हजारदेखि ५ लाख ४० हजार भारुसम्म रहेको छ ।
त्यस्तै, टाटा टियागो पेट्रोल भेरियन्टको मूल्य ३ लाख ४० हजारबाट ५ लाख ६३ हजारसम्म छ भने, डिजेल भेरियन्टको मूल्य ४ लाख २१ हजार देखि ६ लाख ५ हजार भारुसम्म निर्धारण गरिएको छ ।

