इन्डियन अटो ब्लगका सोएब कलनियाले नयाँ महिन्द्रा ‘एस२०१’ को फ्रेस डिजाइन सार्वजनिक गरेका छन् । कलनियाले उक्त कम्प्याक एसयूभीको स्पाईसटलाई आधार बनाएर नयाँ तस्बिर तयारगरी सार्वजनिक गरेका हुन् ।
महिन्द्रा ‘एस२०१’ स्याङयोग टिभोली भन्दा छोटो रहेको छ । महिन्द्राले यो नयाँ मोडललाई ४००० एमएमभन्दा छोटो बनाएको छ । यसमा यु सेपमा एलइडी सिग्नेचर हेडल्याम्प दिइएको छ । नयाँ कम्प्याक एसयूभीमा प्रयोग गरिएको सिक्स सल्ट टुटे ग्रिललगायत थुप्रै फिचरले एग्रेसिभ डिजाइन दिएको छ ।
महिन्द्राले टेलगेट डिजाइनमा ल्याएको यो नयाँ कम्प्याक एसयूभीको टेलल्याम्प निकै आर्कषक रहेको अनुमान गरिएको छ । यसको इन्टेरियर भने स्याङयोङ टिभोलीसँग मिल्दो जुल्दो रहेको छ ।
महिन्द्राले यो नयाँ एसयूभीमा डियुल जोन क्लाइमेट कन्ट्रोल, टच स्कृन इन्फोटेनटमेन्ट सिस्टम, एप्पल कार प्ले र एन्ड्रोइड अटो, लेदर सिट, इलेक्ट्रीक सनरुफ, इन्जिन स्टाट र स्टप बटमजस्ता अत्याधुनिक फिचर रहने छन् ।
सुरक्षाको लागि पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, एबीएससँगै इबीडी, फोर ह्वील डिस्क ब्रेक, फ्रन्ट पार्किङ सेन्सर, इएसपी र ७ एयर ब्याग दिइएको छ । जसले यो सेग्मेन्टमा ‘एस२०१’ लाई सबैभन्दा सुरक्षित एसयूभी बनाउने छ ।
कम्पनीले यसमा १.५ लिटर फोर सिलिन्डर डिजेल इन्जिन दिएको छ, जसले १२२.६४ पीएस पावर प्रदान गर्नेछ । साथै, उक्त इन्जिनले ३०० एनएम टर्क जेनेरेट गर्ने छ । महिन्द्रा एन्ड महिन्द्राका प्रबन्ध निर्देशक पवन गोइन्काले यसअघि नै ‘एस२०१’लाई १.२ लिटर टर्बोचार्जड पेट्रोल इन्जिनमा आउने बताई सकेका छन् । जसले १३५.९६ पीएस पावर उत्पादन गर्नेछ ।
उचाईको हिसावले हेर्दा महिन्द्रा एस२०१ले महिन्द्रा ब्रेजा र फोर्डको इको स्पोर्ट बराबर रहेको छ । जसलाई कम्पनीले २०१९ को जनवरीमा बजारमा ल्याउने छ ।
यसको मूल्य महिन्द्राको एसयूभीमा सबैभन्दा सस्तो रहने अनुमान गरिएको छ । यसले बजारमा टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा र फोर्ड इकोस्पोर्टसँग प्रतिस्पर्धा गर्नेछ ।

