कर बढ्दाको असरः होन्डा सिबी ३५० को मूल्यमा ब्यापक वृद्धि

काठमाडौं । सरकारले भन्सार व्यापक वृद्धि गरेसँगै मोटरसाइकलको मूल्य बढ्न थालेको छ । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले सीबी ३५० सिरिजको मूल्य वृद्धि गरेको हो ।

सरकारले यसअघि ३० प्रतिशत रहेको भन्सार ७० प्रतिशत पुर्याएसँगै मोटरसाइकलको मूल्य वृद्धि भएको हो । कम्पनीले होन्डा सिबी ३५० हाइनेसको मूल्य ७३ हजार रुपैयाँ र सिबी ३५० आरएसको मूल्य १ लाख रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्यसूची अनुसार होन्डा सीबी ३५० हाइनेसको मूल्य ८ लाख ४८ हजार रुपैयाँ र सीबी ३५० आरएसको मूल्य ८ लाख ९८ हजार ९०० रुपैयाँ रहेको छ ।

यस अघि होन्डा सीबी ३५० हाइनेसको मूल्य ७ लाख ७५ हजार रुपैयाँ र सीबी ३५० आरएसको मूल्य ७ लाख ९८ हजार ९०० रुपैयाँ रहेको थियो ।

सरकारले ल्याएको बजेटले २५० सीसीभन्दा माथिको मोटरसाइकलमा अन्तःशुल्क र भन्सार महशुल दुबै वृद्धि गरेको थियो । होन्डाका यी मोटरसाइकल ३५० सीसी क्षमताको भएको कारण यसमा अन्तःशुल्क पनि ८० प्रतिशत लाग्ने गरेको छ ।

नेपाल आएको छोटो समयमा नै निकै राम्रो बजार पाउन सफल सिवी सिरिज मूल्यको कारण केही समस्यामा पर्ने देखिएको छ ।


Back_to_top