यस्तो छ होन्डा सिबी ३५० को मूल्य, बुकिङ गर्ने ग्राहकलाई ५० हजार छुट

काठमाडौं । होन्डाले आफ्नो प्रतिक्षित क्लासिक मोटरसाइकल होन्डा हाइनेस सिबी ३५० नेपाल ल्याएको छ । कम्पनीले आफ्नो डिलर नेटकर्वमा नयाँ मोटरसाइकल राखिसकेको छ । निषेधाज्ञा सकिएपछि यसको विक्री सुरु हुने छ ।

स्याकार ट्रेडिङले नेपाल ल्याएको होन्डाको पछिल्लो उत्पादन हाइनेस सिबी ३५० किन्न चाहने कोभिड १९ विरुद्धको लडाइमा लागेका फ्रन्ट लाइन वर्करलाई भने केही दिनमा नै डेलिभरी दिने समेत कम्पनीले जनाएको छ ।

होन्डा सीबी हाइनेसको अनलाइन बुकिङ समेत खोलेको कम्पनीले यो मोटरसाइकलको मूल्य ७ लाख ५० हजार निर्धारण गरेको छ भने सुरुवाती समयमा बुकिङ गर्ने ग्राहकका लागि ५० हजार नगद छुट प्रदान गर्ने जनएको छ ।

आकर्षक रेट्रो लुक्स चाहने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण हाइनेस सिबी ३५० विभिन्न तीन कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सिबी ३५० मा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू इम्पीटी सूचित गर्ने डिजिटल कन्सोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड स्लीपर क्लच, डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता विशेषता यो मोटरसाइकलमा पाउन सकिन्छ । यो मोटरसाइकलले रोयल इन्फिल्ड र जावाका उत्पादनसँग प्रतिस्पर्धा गर्ने छ ।


Back_to_top