होन्डा १२५ हन्टर कब भारतमा उत्पादन हुने, नेपाल आउने संम्भावना बढ्यो

काठमाडौं । होन्डाले आफ्नो चर्चित मोपेड हन्टर कब भारतमा उत्पादन गर्ने तयारी सुरु गरेको छ । भारतमा उत्पादन हुने हो भने यसको नेपाल आउने संम्भावना बढेको मान्न सकिन्छ ।

होन्डाले मार्च २०२० मा भारतमा यसको प्याटेन्ड र ट्रेडमार्क दर्ता गरेको थियो । अबभने यस मोपेडको उत्पादनलाई तिब्रता दिन लागेको अनुमान सुरु भएको छ ।

होन्डाले जेनेभा मोटर शो २०२० बाट विक्री सुरु गर्ने लक्ष्यका साथ तयार गरेको १२५ सीसी क्षमताको मोपेड कोरोना भाइरसको कारण अनलाइनबाट सार्वजनिक गरेको थियो।

कोरोनाको कारण जेनेभामा सार्वजनिक हुन नपाएको सिटी १२५ हन्टर कबलाई कम्पनीले अनलाईनबाट सार्वजनिक गरेसँगै यसको चर्चा बढेको थियो ।

होन्डाले सिटी १२५ बाट प्रेरित भएर सिटी १२५ हन्टर कब ल्याएको हो । यसलाई कम्पनीले जापानबाट बिक्री सुरु गरेको छ । यसमा १०९.२२ एमएमको ट्रेवल सस्पेन्सन दिइएको छ ।

यसमा रहेको १२४ सीसी सिंगल सिलिण्डर, एयरकुल्ड इन्जिनले अधिकतम ७००० आरपीएममा ८ बीएचपी पावर र ४५०० आरपीएममा ११ एनएम टर्क प्रदान गर्छ ।

यस सिटी १२५ हन्टरमा अगाडी चक्कामा डिस्क ब्रेक दिइएको छ भने पछाडि चक्कामा ड्रम ब्रेक दिइएको छ । यसमा सिंगल च्यानल एबीएस समेत उपलब्ध रहेको छ । यसको मूल्य जापानमा ४ लाख ४० हजार येन तोकिएको छ ।

तर, भारतमा उत्पादन हुने भएपछि यसको मूल्यमा पनि केही कमी आउने अनुमान गरिएको छ ।


Back_to_top