काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले २६ साउनदेखि सुरु हुनेगरी ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ ।
यो योजना सुजुकीका सबै स्मार्ट हाइब्रिड रेञ्जका गाडीमा लागू हुनेछ । बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएल–६ सुजुकीका स्मार्ट हाईब्रिड गाडी हुन् । यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनुहुनेछ ।
यदि पुरानो गाडी साटेर नयाँ गाडी किन्ने ग्राहक छन् भने ति ग्राहकले एक्स्चेन्ज बोनस सहित ५ लाख ५० हजारसम्मको छुट सुविधा पाउने छन् ।
कम्पनीले मात्र २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ । सीजी मोटोकर्पले एनआईसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्यूनतम ८.२५ प्रतिशत ब्याज दरमा फाइनान्सिङको समेत घोषणा गरेको छ ।
यो योजना ३२ साउनसम्म मात्र लागु हुने छ । यस योजनामा सुजुकीका नेपालभर रहेका सबै ३५ वटै आउटलेटमा उपलब्ध रहेको कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।

