काठमाडौं । जापनीज अटोमोवाइल जायन्ट होन्डाले २०२३ को अक्टुबर २५ बाट जापानमा हुन लागेको ‘जापान मोबिलीटी शो’मा धेरैवटा नयाँ कन्सेप्ट कारहरु देखाउने भएको छ । कम्पनीले देखाउने नयाँ कन्सेप्ट कारहरु इलेक्ट्रीक हुनेछन् ।
होन्डाले मोविलिटी शोमा आफ्नो इलेक्ट्रीक कारमा तयार पारेको भाबी योजना र त्यससँग जोडिएर आउने मोडलहरुलाई प्रदर्शनी गर्ने बताइएको छ । कम्पनीले आफ्नो स्टलमा ‘स्पोट्स कन्सेप्ट र को–अपरेटीभ इन्टेलीजेन्स अटोमेटेड ड्राइभिङ टेक्नोलोजी’ भएका कार प्रदर्शनी गर्नेछ ।
कम्पनीले प्रदर्शनी गर्ने कुनै कारको तस्बिर अहिलेसम्म बाहिर ल्याएको छैन । विभिन्न मिडिया रिपोर्टहरुमा भने होन्डाले इलेक्ट्रीकमा सिरिज सार्वजनिक गर्न सक्ने दावी गरेका छन् । यहीबाट होन्डाले आपपु ईभी उत्पादनमा तयार रहेको संदेश दिन चाहेको उनिहरुको दावी छ ।
होन्डाले सन् २०१७ मै टोकियो मोटर शोमा देखाएको स्पोट्स ईभी कन्सेप्ट देखाएको थियो । ७ वर्ष अगाडि देखाएको उक्त कन्सेप्टमा नयाँ ईभीको कुनै कनेक्सन छ वा छैन अहिले नै भन्न सकिने अवस्था छैन । तर, यसलाई परिमार्जनसहित ल्याउने अनुमान भने सुरु भएको छ ।
कम्पनीले इलेक्ट्रीक कारसँगै सस्टेनेवल सी कन्सेप्ट स्कुटर पनि देखाउने छ । साथै, इलेक्ट्रीक मोटरसाइकलको कन्सेप्ट पनि प्रदर्शनी हुनेछ ।
होन्डाले उक्त शोमा धेरैवटा कन्सेप्ट कार, इलेक्ट्रीक स्कुटर/मोटरसाइकलको साथै हाइब्रिड भर्टिकल टेकअफ तथा ल्याण्डीङ् क्षमता भएका एयरक्राफ्ट समेत प्रदर्शनी गर्ने तयारी गरेको छ ।
त्यस्तै होन्डाले ‘अवतार रोबर्ट’ पनि प्रदर्शनीमा राख्ने छ । होन्डाले ह्याण्ड्स फ्रि पर्सनल मोविलीटी डिभाइस पनि पहिलो पटक देखाउने छ ।


