पछिल्ला दुई वर्षमा नेपाल आए एक दर्जन बढि चिनियाँ कार ब्राण्ड

काठमाडौं । कुनै सयम चिनियाँ मोटरसाइकल कम्पनीको नेपाल आगमन देख्दा सबैलाई अचम्म लाग्थ्यो । मानौं अब चिनियाँ ब्राण्ड बाहेकका मोटरसाइकल नेपालमा आउने छैनन् ।

ठ्याक्कै अहिले त्यस्तै देखिएको छ कार सेग्मेन्टमा । बीवाइडी र एमजीको विद्युतीय कारमा देखिएको सफलतासँगै नयाँ नयाँ ब्राण्डका विद्युतीय कार चीनबाट आयात सुरु भएको छ । ब्यवसायीको दौड पनि अब चिनियाँ ब्राण्डको विद्युतीय कार नेपाल ल्याउन सकिएन भने पछाडि परिन्छ भन्ने किसिमको देखिन्छ ।

चिनियाँ अटोमोवाइल हब मानिने हरेक गल्लीमा नेपाली ब्यवसायीसँग डिल गर्न एजेन्टहरु तयार भएर बसेका हुन्छन् भन्न थलिएको छ । त्यो कुरा चीनबाट गाडी ल्याइरहेका र ल्याउन लागिपरेका व्यवसायीहरुले आफैँ बताउने गरेका छन् ।

सन् २०२० पछि चीनबाट नयाँ ब्राण्ड ल्याउन हानथाप नै चलेको छ । विशेषगरी विद्युतीय साधन उत्पादन गर्ने पुराना ब्राण्डदेखि नयाँ स्टार्टअप कम्पनीले उत्पादन गरेका साधन नेपाल ल्याउन ब्यवसायीहरु लागि परेका हुन् ।

यसरी जोडतोडले गाडी ल्याउने चक्करमा केही ब्राण्ड नेपाल आएर पनि बन्द भैसकेका छन् । तर, केही ब्राण्ड नेपाल आएर संघर्ष गरिरहेका छन् । बीवाइडी र एमजी जस्ता ब्राण्डले भने मिठो सफलता हात पार्न सफल भएका छन् ।

पछिल्ला दुई वर्षमा एक दर्जन बढी ब्राण्ड आए

सन् २०२० पछि नेपाली बजारमा चिनियाँ ब्राण्डको ओइरो लागेको छ । यस क्रममा ग्रेटवाल मोटर्स र चेरीले पुनः नेपाल प्रबेश गरे । सन् २००१०/११ ताका नेपालमा उपलब्ध यी दुबै ब्राण्ड बन्द भएका थिए । अहिले यी दुबै ब्राण्ड नेपाल आएका हुन् ।

यी दुई मध्ये ग्रेटवालले ईभी ब्राण्ड ओराको गाडी नेपाल ल्याइसकेको छ भने चेरीले अमोडा ईभी ल्याउने क्रममा रहेको छ । दुबै ब्राण्डसँग पेट्रोलियम पदार्थबाट चल्ने एसयूभीहरु छन् । चेरी सारडा ग्रुप र ग्रेटवाल विशाल ग्रुप अन्तगर्तका कम्पनीले ल्याएका हुन् ।

त्यसपछि होजोन अटाेलाई सिजी मोटर्सले नेपाल ल्यायो । कम्पनीले ल्याएको नेटा भी नेपाली बजारमा राम्रो संख्यामा बिक्री भइरहेको छ । चौधरी समूह लामो समयदेखि अटोमोवाइल ब्यवसायमा भएपनि बिनोद चौधरी नेतृत्वको सिजीले पहिलो पटक चीनबाट गाडी ल्याउन थालेको हो ।

त्यसैगरी, हेनरी ब्राण्डको मिनी ईभी पनि नेपाली बजारमा प्रबेश गर्यो । सोचेजस्तो सफलता पाउन नसकेको हेनरीका उत्पादन पनि फाट्ट फुट्ट सडकमा भेटिन्छन् ।

एसएआइसी–विलिङ–जीएमको संयुक्त लगानी भएको विलिङ ब्राण्ड पनि नेपाली बजारमा सन् २०२२ मा प्रबेश गरेको हो । सानो साइजको मिनीकार ल्याएर बिक्री गर्दै आएको विलिङले पनि सोचे अनुसारको सफलता पाउन सकेको छैन । यद्यपि बज्र ग्रुप अन्तर्गतको कम्पनीले विलिङ एयर मिनी बेच्न प्रयास गरिरहेको छ ।

एसएआईसी ग्रुपको मेक्सस ब्राण्ड पनि नेपाल आएको छ । कम्पनीको डिजेल इन्जिनमा पीकअप र मिफा ९ जस्तो प्रिमियम एमपीभी अहिले नेपाली बजारमा उपलब्ध छ । निकट भविष्यमा इलेक्ट्रीक पीकअप पनि ल्याएर बिक्री गर्ने योजना आयातकर्ता पारामाउन्ट मोटर्सले बनाएको छ ।

त्यसैगरी, चांगन र सेरेस ब्राण्डलाई एमएडब्लू वृद्धिले नेपाल ल्याएको छ । चांगनको निकट भविष्यमा नै ईभी आउने छ भने, सेरेसको ईभी नेपाल आइसकेको छ ।

पछिल्ला महिनामा मात्रै स्काई वेल, जीएसी एवोन, स्मार्ट जस्ता ब्राण्डले आफ्ना उत्पादन नेपाल ल्याउन आधिकारीक बिक्रेता तोकिसकेका छन् ।

नेपाल आएर बन्द भए केही ब्राण्ड

सन् २०२० पछि नेपाल आएर १०/२० यूनिट गाडी बिक्री गरेका दाय, डेरी, सिटी जस्ता ब्राण्ड सधैंको लागि बन्द भइसकेका छन् । उनिहरु नेपाल आए, केही यूनिट गाडी बिक्री गरेर र सधैंको लागि बन्द भए । अहिले बजारमा चलिरहेका गाडी सर्भिस नपाएर समस्यामा पर्न थालेका छन् ।

त्यस बाहेक केही ब्राण्डले ईभी ल्याएपनि बिक्री नै सुरु गरेनन् । उनिहरुले ल्याएका गाडी कतिले त यातायातले गर्ने रोड वर्दिनेस टेष्टसमेत पास गर्न सकेनन् ।


Back_to_top