नेपाल नआई बन्द भयो पल्सर पी-१५०, यस्तो छ कारण

काठमाडौं । बजाज पल्सर पी-१५० नेपालमा आउने हल्लाको बीचमा नै उत्पादन बन्द भएको छ । कम्पनीले ‘पल्सर एन-१५०’ बजारमा ल्याएर पल्सर पी-१५० को उत्पादन बन्द गरेको हो ।

बजाज पल्सर सिरिजमा पहिलो पटक नेपाल नै नआई सधैंको लागि बन्द भएको मोडल पी-१५० बन्यो । बजाजले उत्पादन गरेको हरेक पल्सर सिरिज एक पटक नेपाल आएकै थियो । अहिलेसम्म पल्सर सिरिजमा उपलब्ध भएर नेपाल नआएको अर्को मोडल एफ-२५० पनि हो ।

भारतमा करिब एक वर्ष उत्पादन र बिक्री भएको पी-१५० ले राम्रो ब्यापार गर्न नसकेसँगै कम्पनीले एन सिरिजको बडीमा पी-१५० को इन्जिन दिएर नयाँ मोडल ल्याएको हो ।

यस्तो थियो पल्सर पी-१५०

नेपालको लागि बजाजको आधिकारीक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नाडा अटो शो २०२३ मा सार्वजनिक गर्न सक्ने मोडलको रुपमा पल्सर ‘पी-१५०’लाई लिइएको थियो । तर, बजाजले यसलाई नेपाल ल्यायन ।

पल्सर पी-१५० उच्च माइलेज र लाइटवेटको कारण पावर पनि राम्रो थियो । रेगुलर पल्सर-१५० को तुलनामा ८ केजी कम तौल भएको पी-१५० युवा ग्राहकलाई लक्षित गरेर बजारमा आएको थियो ।

पल्सर पी-१५० मा १४९ सीसी सिंगल सिलिन्डर इन्जिन थियो । यसले अधिकतम १४.५ पीएस पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसमा १४ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ भने यसमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स थियो । कम्पनीले पल्सर १५० मा रहेको डबल सस्पेन्सनलाई मोनोशक सस्पेन्सनले रिप्लेस गरेको थियो ।

कम्पनीले पी-१५० मा ड्रम तथा डबल डिस्क ब्रेक तथा सिंगल सिट तथा स्प्लीट सिट दुवै अप्सन थियो । यसमा पल्सर एन-१६० कै सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको थियो ।

त्यस्तै, यसमा फुल एलइडी प्रोजेक्टर हेडलाइट, एलइडी डीआरएल, एलइडी टेलल्याम्प, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर भएर पनि यसले राम्रो ग्राहक पाउन भने सकेन । त्यसैले बजाजले नेपालमा नल्याई पी-१५० को उत्पादनलाई एन-१५० ले रिप्लेस गरेको छ ।


Back_to_top