होन्डा गोल्डविङ मोटरसाइकलको मूल्य ६७ लाख, यी हुन् खास फिचर

काठमाडौं । होन्डाले नेपाली बजारमा ल्याएको ‘होन्डा गोल्डविङ १८००’ को मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नेपाल ल्याएको अहिलेसम्मकै सबैभन्दा महंगो मोडल हो ।

१८३३ सीसी क्षमताको एफआई इन्जिनले ५५०० आरपीएममा १२५ बीएचपी पावर प्रदान गर्ने जनाइएको छ । यसले १४ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ ।

६ सिलिण्डर युक्त इन्जिनमा ७ स्पीड अटोमेटिक गियरबक्स दिइएको यो मोटरसाइकलमा रिभर्स गियर उपलब्ध रहेको छ ।

सुरक्षाको लागि अगाडि डियुल हाइड्रोलिक डिस्क ब्रेकको साथमा ६ पिस्टन क्यालिपर दिइएको छ भने पछाडि भ्यान्टिलेटेड डिस्कको साथ ३ पिस्टन क्यालिपर र डियुल च्यानल एबीस, एयरव्याग समेत उपलब्ध रहेको छ ।

यो मोटरसाइकलमा आरामदायी यात्राको लागि अगाडि डबल विस्बोन र पछाडि प्रो–लिङक सस्पेन्शन दिएको छ ।

यो मोटरसाइकलको लम्बाई २५७५ एमएम, चौडाई ९०५ एमएम र उचाई १४३० एमएम रहेको छ । कम्पनीले यसमा १६९५ एमएमको ह्वीलवेस दिएको छ । यसमा सिट हाइट भने ७४५ एमएम छ ।

यो मोटरसाइकलमा म्यूजिक सिस्टम, इन्फोटेन्टमेन्ट सिस्टम, स्याटलाईट नेभिगेशन सापोर्ट जस्ता सुविधा उपलब्ध रहेको छ ।
मोटरसाइकलमा ११० लिटर सामान राख्ने स्टोरज क्षमता रहेको छ ।

यो मोटरसाइकलमा एप्पल कारप्ले इन्ट्रिगेसन, मल्टिपल राइडिङ मोड, एबीएस, हिल स्टार्ट असिस्ट, अडियो सिस्टम जस्ता फिचर रहेका छन् ।


Back_to_top