काठमाडौं । सिंगापुरमा निर्माण भएको एफकेएम ब्राण्डका उत्पादन नेपाली बजारमा आउने भएको छ । कम्पनीले स्ट्रीट फाईटर, स्क्राम्बलर र मिनि स्क्राम्बलरगरि तीन नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।
यी सबै मोडलका मोटरसाइकलको बुकिङ समेत खुल्ला गरिसकेको छ । एफकेएमलाई नेपाली बजारमा आभाष ट्रेडर एण्ड सप्लायर्सले भित्र्याएको हो । कम्पनीले हाल प्रदेश १ लाई आधार बनाएर काम गरिरहेको तथा निकट भबिष्यमा नै नेपालभर यसको बिस्तार गर्ने कम्पनीका सञ्चालक आशिष कार्कीले मेरोअटोलाई बताए ।
एफकेएम स्ट्रीट फाईटर
नेपालमा यो मोटरसाइकललाई आभाष ट्रेडर एण्ड सप्लायर्सले सार्वजनिक गर्न लागेको हो । कम्पनीले ल्याउने एफकेएम स्ट्रीट फाईटर मोडल तीन इन्जिन अप्सनमा उपलब्ध रहने छ ।
स्ट्रीट फाईटरलाई कम्पनीले १५०, १६५ र २०० सीसी इन्जिन अप्सनमा ल्याउने जनाएको छ । यी इन्जिनले क्रमश १२.७, १५ र १६.८ एचपी पावर प्रदान गर्नेछ ।
१५० र १६५ सीसी इन्जिन एयर कुल्ड र २०० सीसी इन्जिन लिक्विड कुल्ड एफआई टेक्नोलोजिमा आधारित रहेको छ । यी बाइकमा फुल एलइडी लाइटिङ, अगाडि यूएसडी फर्कजस्ता फिचर दिइएको छ ।
एफकेएम स्ट्रीट फाईटरकाे मूल्य ३ लाख २० हजारदेखि ४ लाख २० हजारसम्म रहकाे छ ।

