काठमाडौं । नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले शुक्रबार चितवनमा सार्वजनिक गरेको एनटर्क रेस एडिसन भोलि माघ १३ गते बुटवलमा सार्वजनिक गर्ने भएको जानकारी दिएको छ ।
बुटवलको बालाजी अटोमोबाइलमा टीभीएस एनटर्क रेस एडिसन एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गर्न लागिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कार्यक्रममा टीभीएस एनटर्क रेस एडिसनका ब्राण्ड एम्बेसडर नायक प्रदिप खड्का र जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइराला सहभागी हुने बताइएको छ ।
एनटर्क रेस एडिसनमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड लाइट अर्थात आकष्मिक बत्ति पनि छ, जसलाई रातो रङको हजार्ड स्विचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिक्ससँगै ‘रेस एडिसन’ ले यसको रेसिङ पेडिग्रीलाई झल्काउछ ।
सो स्कुटर विभिन्न तीन कलर अप्सनमा उपलब्ध छ । यसको मूल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा स्मार्ट एक्सकनेक्टद्वारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।

