एउटा गाडीमा केही हजार छुट गरेर ग्राहक तान्ने हाम्रो रणनीति होइनः बरदान बस्नेतको अन्तर्वार्ता

नेपालमा विगत ३० वर्षदेखि महिन्द्राका गाडी बिक्री वितरण हुँदै आइरहेको छ । नेपालको बिकट भौगोलिक अवस्था, कच्ची र धुलेबाटोमा सवारीसाधनको प्रयोग गर्नु पर्ने हुँदा सबै किसिमका गाडी यस्ता बाटामा उपयुक्त हुँदैनन् । यस्तोमा महिन्द्राले कम मूल्यमा फोर ह्वील ड्राइभसहितका गाडी ल्याएर बिक्री गरिरहेको छ ।

प्यासेनजर र साना कमर्शियल गाडी बिक्रीमा अग्रस्थानमा रहेको महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेटका जनरल मेनेजर बरदान बस्नेतसँग अहिलेको गाडी बिक्रीको अवस्था, बिक्रीपछिको सेवा र भाबी योजनाका विषयमा मेरोअटोले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो २ वर्ष नेपालको अटोमोवाइल क्षेत्रमा निकै ठूलो निराशाको अवस्था देखियो । नेपालमा संख्यात्मकरुपमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने मध्यको एक कम्पनीको हिसावले तपाईले अहिलेको अवस्थालाई कसरी हेर्नु भएको छ ?

नयाँ सरकार आएसँगै एकपछि अर्को आएका नीतिले सवारीसाधनको बिक्री घटाउने काम गर्यो । गाडी भनेकाे सर्वाधिक लग्जरी साधन हो भने जसरी यसको आयात पूर्णरुपमा बन्द हुनु ठिक हुन्छ भन्ने मनसायले अगाडि बढेको जस्तो देखियो ।

६५ प्रतिशतसम्म फाइनान्स सुविधा पाउने व्यवस्थालाई ५० प्रतिशतमा झार्दा त्यसले गाडीको बिक्रीमा ठूलो असर गर्यो । एक महिना अगाडि अझ कडाई गर्दै कर्जा लिनले आफ्नो कर तिरेको मासिक कमाईको ५० प्रतिशतमात्र पाउने व्यवस्था गरेपछि भने अझ संकट बढ्यो ।

अहिले सरकारले प्यासेन्जर र कमर्शियल सेग्मेन्टका साना गाडीलाई एउटै बास्केटमा हालेर हेरिरहेको छ । त्यसले पनि साना कमर्शियल गाडी बिक्रेताहरुलाई समस्या भइरहेको छ । केही समयदेखि इलेक्ट्रीक भेहिकल चर्चामा रहेका छन् । यसले केही सकारात्मक संदेश प्रबाह भएको छ । त्यसले निराशालाई चिर्न भने समय लाग्छ । किनभने इलेक्ट्रीक भेहिकल अहिलेपनि परिक्षणको क्रममा नै रहेको छ ।

तपाईहरु विगत लामो समयदेखि इलेक्ट्रीक सवारीसाधन बिक्री गर्दै आउनुभएको छ । अहिले सरकारले इलेक्ट्रीक सवारीमा केही सहुलियत दिइरहेको अवस्थामा केन्द्रिय बैंकलले ल्याएको मासिक आम्दानीको ५० प्रतिशतभन्दा माथि कर्जा दिन नपाउने व्यवस्थाले महंगो प्रविधिमा बनेको गाडीको बिक्रीमा कस्तो असर पार्ला ?

अहिले इलेक्ट्रीक सवारीमा कारको मात्र चर्चा भइरहेको छ । संसारका धेरै कम्पनीले मास ट्रान्सपोर्टेशनमा प्रयोग हुने सवारीसाधन बनाउन थालिसकेका छन् । हामी कहाँपनि इलेक्ट्रीक बस रिङरोडमा गुड्न थालिसकेको छ । नेपाल सरकारले पनि इलेक्ट्रीक सवारीसाधन आयातमा जोड दिइरहेको छ ।

कुनैपनि ग्राहकले हिड्दा हिड्दै सेवा पाउन सकुन् भनेर हामीले काम गरिरहेका छौं । अहिले अग्नी आफैँले १२ स्थानमा थ्रि एस सुविधा सहितको आउटलेट खोलेका छौं । १२ भन्दा बढी एक्सक्ल्यूसीभ सर्भिस नेटवर्क संचालनमा रहेका छन् । त्यसका साथै ४० स्थानमा डिलर र सब डिलर गरेर नेपालभर ६४ स्थानबाट हामीले सेवा दिदै आएका छौं ।

तर, सरकारले कति समयसम्म सहुलियत दिन सक्छ भन्ने कुरालाई हेरेर इलेक्ट्रीक साधनको आयात र बिक्रीलाई मिलाउँदै लानु पर्ने हुन्छ ।

जहाँ अन्य गाडी पुग्न सक्दैन त्यहाँ महिन्द्रा बलेरोले मानिस तथा बस्तु ओसार पसार गरिरहेको छ । नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष मनाई रहँदा बिकट क्षेत्रमा पर्यटकलाई पुर्याउने मध्यम बन्ने तपाईहरुले आफैँ केही काम गर्दै हुन्नुहुन्छ की ?

हामीले नेपाल भ्रमण वर्ष मूलसमारोहमा नै सहयोग गरिरहेका छौं । त्यो एउटा गाडी बिक्रेताको रुपमा भन्दापनि यहाँको व्यवसायीक समूहको रुपमा सहयोग गरिरहेका छौं । हामी भ्रमण वर्षमा आफैँ केही गर्नु पर्छ भन्ने विषयमा पनि छलफल गरिरहेका छौं ।

हामीले ग्रामीण क्षेत्रमा पर्यटकलाई चलायमान बनाउन केही हदसम्म सहयोग पुर्याएका छौं । अहिले स्थानिय तहमा केही पूर्वाधार बिस्तारले गति लिएको छ । अन्तर्राष्ट्रिय स्तरमा त हामीले केही गर्न सकिरहेका छैनौं ।

पर्यटक बोक्ने गाडीमा सबैभन्दा धेरै महिन्द्रा स्कार्पियो प्रयोग भइरहेकाले हामीले नेपालमा केही कम मूल्यमा बेच्न सकियोस् भनेर २००० सीसी क्षमताको स्कार्पियो नेपाल आएको छ । जुन रेगुलर मोडलको तुलनामा ३ लाख रुपैयाँ सस्तो रहेको छ । हाम्रा सडकको अवस्था हेर्दा फोरह्वील गाडीको आवस्यकता हुने हुँदा सबै भन्दा कम मूल्यमा फोर ह्वील गाडी बिक्री गर्दै आएका छौं ।

महिन्द्राको नेपालमा सबैभन्दा सबल पक्ष सर्भिस हो भनिन्छ । अहिले कहाँ–कहाँ सर्भिस र बिक्री केन्द्र संचालनमा रहेका छन् ?

हामी सबै प्रदेशमा बिक्री र सर्भिस सेन्टर संचालनमा ल्याएका छौं । सेल्स, सर्भिस र स्पेयर पार्टस हामीले हरेक शहरी क्षेत्रमा दिएका छौं । त्यसको अलावा सर्भिस र स्पेयर पार्टसलाई मात्र भनेपनि व्यापक बिस्तार गर्दै जाने हाम्रो रणनीति हो । अहिले हरेक वर्ष ४ देखि ५ वटा नयाँ प्वाइन्टहरु थप्दै हामी अगाडि बढि रहेका छौं ।

अहिले हामीसँग काठमाडौंमा मात्रै ८ वटा सर्भिस सेन्टर संचालन गरिरहेका छौं । कुनैपनि ग्राहकले हिड्दा हिड्दै सेवा पाउन सकुन् भनेर हामीले काम गरिरहेका छौं । अहिले अग्नी आफैँले १२ स्थानमा थ्रि एस सुविधा सहितको आउटलेट खोलेका छौं । १२ भन्दा बढी एक्सक्ल्यूसीभ सर्भिस नेटवर्क संचालनमा रहेका छन् । त्यसका साथै ४० स्थानमा डिलर र सब डिलर गरेर नेपालभर ६४ स्थानबाट हामीले सेवा दिदै आएका छौं ।

महिन्द्राले भारतमा उत्पादन गर्ने गाडी नेपाल ल्याउन धेरै समय लाग्ने गरेको देखिन्छ । अटो एक्सपो २०२० मा पनि महिन्द्राले थुप्रै गाडी ल्याउने अनुमान गरिएको छ । ति गाडी कहिलेसम्म नेपाल आउने छन् ?

हामी महिन्द्राले बनाएका सबै गाडी ल्याउँदैनौं । धेरै मोडल मात्र ल्याएर नेपालमा बिक्रीमा सफलता पाउन सक्ने अवस्था छैन । त्यसैले नेपाल सुहाउँदो कुनै मोडल अटो एक्स्पोपछि बिक्री सुरु हुने अवस्था आएको खण्डमा हामी भारतमा आएको केही महिना भित्र नै नेपाल ल्याउन प्रयास गर्नेछौं ।

महिन्द्राले ‘महिन्द्रा उदय’ मार्फत उद्यमशिलतालाई केही जोड दिएर काम गरेको हामीले देखेका थियौं । त्यसलाई अहिले कसरी अगाडि लाँदै हुनुहुन्छ ?

अहिले पनि महिन्द्राले कमर्शियल सेग्मेन्टका गाडी ५० प्रतिशतभन्दा धेरै नव उद्यमीहरुलाई बिक्री गर्दै आएका छौं । हामीले विदेशबाट फर्केर यही केही गर्न खोज्ने युवाहरुलाई परामर्श सहितको सेवा दिदै आएका छौं । त्यसमा धेरै युवाहरु उद्यमी बनेर अगाडी बढिरहनु भएको छ । हामी जसरी पनि गाडी बेच्नु पर्छ भन्ने मान्यता भन्दा बाहिर निस्केर उहाँहरुलाई परामर्श सहितको सेवा दिइरहेका छौं ।

बजारमा महिन्द्राले गाडी किन्ने ग्राहक खोज्दैन गाडी चाहिनेले महिन्द्रा खोज्छन् भन्ने तरिकाले तपाईहरु अगाडि बढी रहनु भएको छ भन्ने सुनिन्छ ? यर्थात यही हो कि फरक छ ?

त्यस्तो सत्य होइन । अहिले हामी ग्राहकको बीचमा बसेर बिभिन्न क्याम्पेनहरु संचालन गरिरहेका छौं । हामी डिस्काउन्टमा विश्वास गर्दैनौ । एक पटक ५० हजार छुट दिएर ग्राहक तान्ने हाम्रो रणनीति होइन । महिन्द्राका गाडी चढेपछि उसले लामो समयसम्म उत्कृष्ट सेवा पाउने ग्यारेन्टी गर्ने हाम्रो कर्पोरेट पोलेसी हो ।

यति भन्दै गर्दा हामी बजारभन्दा बाहिर हुन सक्दैनौं । त्यसैले हाम्रा उत्पादनलाई नयाँ शिराबाट कसरी अगाडि लान सकिन्छ भनेर विभिन्न एक्टीभिटिजहरु हामीले संचालन गरिरहेका छौं । हामी ग्राहकसँग जोडिएर गर्ने महिन्द्रा उदयलाई पनि हामीले निरन्तरता दिने छौं ।

सबैभन्दा कान्छो एसयूभीको रुपमा चाडपर्वपछि तपाईहरुले एक्सयूभी-३०० नेपाली बजारमा ल्याउनु भएको छ । त्यसमा ग्राहकको प्रतिक्रिया कस्तो पाउनु भएको छ र अब यसलाई बजारमा कसरी ब्राण्डिङ गर्ने सोच्नु भएको छ ?

हामीले यसलाई नेपाली बजारमा भारतमा सार्वजनिक गरेको केही महिनापछि मात्र ल्याउन सक्यौं । यो सेग्मेन्ट अहिले स्मार्ट फोन जस्तै भएका छन् । हामीले यसमा बजारमा रहेका अन्य प्रतिस्पर्धी मोडलमा भन्दा के र कस्ता फरक फिचर छन् भनेर बुझाउने प्रयास गरिरहेका छौं ।

हरेक उत्पादक आफ्नो प्रडक्ट राम्रो छ भनिरहेका छन् । तर, सबै गाडी एक्सपेरियन्स गर्ने अवशर नमिलेको हुन सक्छ । अहिले हामी एक्सयूभी-३०० लाई धेरै भन्दा धेरैलाई टेष्ट ड्राइभ गरिरहेका छन् । हाम्रो गाडीमा सेगमेन्ट फर्स्ट फिचरहरु पनि थुप्रै रहेका छन् भने यो सेग्मेन्टमा सुरक्षाको हिसावले सबैभन्दा सुरक्षीत गाडी समेत बनेको छ । यसले ग्लोबल एनक्यापको क्र्यास टेष्टमा एडल्टको लागि ५ स्टार रेटिङ पाएको छ भने चाइल्ड सेफ्टीमा ४ स्टार रेटिङ पाएको छ । यसले पनि यो गाडी सेग्मेन्टमा नै उत्कृष्ट भएको प्रमाणित गर्छ ।


Back_to_top